बैतडी : दार्चुलाको शैल्यशिखर नगरपालिकामा ‘ओखर पकेट क्षेत्र कार्यक्रम’को रकम हिनामिनाको लागि नगरपालिकाका कर्मचारीहरूले जीवित व्यक्तिलाई मृत देखाएर फर्जी कागजात बनाएको पाइएको छ।

नगरपालिकाका कृषि शाखा प्रमुख दिपकराज विष्ट र भेटेरिनरी प्राविधिक जनसिंह धामी ९नगर प्रमुख विजयसिंह धामीका छोरा समेत०को मिलेमतोमा वडा नं। ६ स्थित मालिकार्जुन अगुवा कृषक समूहका कोषाध्यक्ष जानकी धामी र सचिव मञ्जु धामीको मृत्यु भइसकेको भनेर झूटा कागजात तयार पारिएको हो।
कृषि शाखा प्रमुख विष्टले ग्लोबल आईएमई बैँक, गोकुलेश्वर शाखालाई पत्र लेख्दै समूहको खातामा अब जानकी र मञ्जुको सट्टा अध्यक्ष जनकसिंह धामी र सचिव बसन्ती बोहराका हस्ताक्षर मान्य गरिदिन अनुरोध गरेका थिए।
यसरी खातालाई सक्रिय पारेर रकम निकाल्ने तयारी गरिएको थियो। ओखर पकेट कार्यक्रमको २ लाख ४० हजार हत्याउन कृषि शाखा प्रमुख र अध्यक्षले आफूहरूलाई मृत्यु भैसकेको फर्जी कागजपत्र बनाएको कोषाध्यक्ष जानकीले बताइन्।
‘नगरपालिकाभित्रका ६ कृषक समूहमा ओखर पकेट कार्यक्रम आएको रहेछ, त्यो कार्यक्रम हाम्रो समूहमा पनि आएको रहेछ,’ उनले भनिन्, ‘त्यसबारे अध्यक्षले हामीलाई कुनै जानकारी दिएनन्, त्यहीँ रकम खानका लागि हाम्रो मृत्यु भैसकेको कागज बनाएछन्।’
अध्यक्ष धामीले ओखरका बिरुवा पनि आफ्नै खेतमा रोपेको उनले बताइन्। लामो समयदेखि निष्क्रिय रहेको समूहको बैँक खाता सक्रिय बनाउन अध्यक्षले आफूहरूलाई मृत्यु भैसकेको कागज बैँकमा पेस गरेको पाइएको सचिव मञ्जुले बताइन्। ‘हाम्रो समूहको खाता नविकरण थिएन्। लामो समयदेखि हाम्रो बैठक पनि बसेको छैन्,’ उनले भनिन्, ‘समूहमा आएको ओखर पकेट कार्यक्रमको रकम खानका लागि हामीलाई मृत्यु भैसकेको कागज बनाएका रहेछन्।’
कृषि शाखा प्रमुख विष्ट र अध्यक्ष धामीले बदमासी गरेको उनको भनाई छ। ‘पत्र कृषि शाखा प्रमुखले लेखेका छन्, कसरी लेखे छन्रु,’ उनले भनिन्, ‘बैँकका केही कर्मचारी मलाई चिन्थे, त्यसैले यो बदमासी थाहा पायौँ, नभए त ओखर पकेट कार्यक्रमको रकम खाई सक्ने रहेछन्।’
कृषक समूहका अध्यक्षले पेस गरेको निवेदन र माइन्युटका आधारमा बैँकलाई मृत्यु भैसकेको पत्राचार गरेको कृषि शाखा प्रमुख दिपकराज विष्टले बताए। ‘विगतदेखि निवेदन र माइन्युटकै आधारमा गरिरहेका थियौं, समूहको अध्यक्षको जालसाजी रहेछन्,’ उनले भने, ‘हामीले मृत्यु दर्ता प्रमाणपत्रको कागजपत्र खोज्नु पथ्र्यो, त्यो गरेनौं, हाम्रो गल्ती भयो।’ समूहमा आबद्धहरूले खाता नविकरणका लागि सहयोग नगरेकाले मृत्यु भैसकेको कागज बनाएको अध्यक्ष तथा नगरपालिकाका भेटेरिनरी प्राविधिक जनसिंह धामीले बताए।
‘खाता नविकरणका लागि उनीहरूलाई आग्रह गरेको हुँ, उनीहरूले नमानेपछि रिसले आफैले पत्र बनाएर कृषि शाखा प्रमुखलाई हस्ताक्षर गर्न लगाएको हुँ,’ उनले भने, ‘१ ओखरका बिरुवा रोप्नका लागि धेरै जमिन चाहिने भएकोले आफ्नै खेतमा रोपेको हुँ, मैले गल्ती गरे जुनसुकै सजय भोग्न तयार छु।’
दुबै पक्षलाई बोलायर छलफलपछि आवश्यक कारबाही अगाडि बढाउने नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत सुरेन्द्र विष्टले बताए। ‘हामी दुबै पक्षलाई बालोउँछौँ, कर्मचारीले गल्ती गरेका छन् भने कारबाही हुन्छ,’ उनले भने।
प्रतिक्रिया दिनुहोस्