धनगढी : धनगढीको क्रेसेन्ट सिटि स्कुल (सि.सि.एस) ले एसइइ परिक्षामा ३ दशमलव ९५ जिपिए भन्दा माथी ल्याउने १० जनालाई पुर्ण छात्रवृती दिन लागेको छ । ४ जिपिए ल्याउने कैलालीको बोराडाडीस्थित त्रिभुवन माध्यमिक विद्यालयका जेहेन्दार विद्यार्थी अशोक कुमार अवस्थी पुर्ण छात्रवृती कोटामा भर्ना भइसकेका छन् ।
उनि सहित अन्य १० जनाले सो स्कुलमा पुर्ण छात्रवृती कोटाबाट अध्यायन गर्न पाएका हुन् । क्रेसेन्ट सिटि स्कुल (सि.सि.एस) का प्लस टु कार्यक्रम सयोंजक अमृत श्रेस्ठका अनुसार यस बर्ष १० जना उत्कृष्ठ नतिजा ल्याउने जेहेन्दार बिद्यार्थीहरुलाई पुर्ण छात्रवृती कोटामा अध्यापन गराइन लागेको हो ।
उनका अनुसार यस बर्ष ३ दशमलव ६ देखी ३ दशमलव ९ जिपिए ल्याउने २० जना बिद्यार्थीलाई मासिक शुल्क छुट तथा ३ दशमलव २ देखी ३ दशमलव ६ सम्म ल्याउने बिद्यार्थीलाई मासिक शुल्कमा ५० प्रतिशत छुट दिइने छ । यस बर्ष ६० जना बिद्यार्थीलाई अध्यापन गराउने योजना बनाएको स्कुलले उपमहानगरपालिकाको १० प्रतिशत छात्रबृती कोटा बाहेक यि बिद्यार्थीहरुलाई स्कुलको तर्फबाट छात्रबृती दिन लागेको हो । स्कुलले बिज्ञान, ब्यवस्थापन तथा होटल ब्यवस्थापन बिषयको अध्यापन गराउँदै आएको छ ।
प्रतिक्रिया दिनुहोस्