कञ्चनपुरमा बसको ठक्करबाट महिलाको मृत्यु

भक्तराज जोशी

महेन्द्रनगर : कञ्चनपुरमा बसको ठक्करबाट एक महिलाको मृत्यु भएको छ । जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका अनुसार यहाँको शुक्लाफाँटा नगरपालिका–१ स्थित गणेश पुरका ५५ वर्षीया  द्रोपति भट्टको बसको ठक्करबाट मृत्यु भएको हो । 

जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका सूचना अधिकारी प्रहरी नायव उपरीक्षक सागर बोहराले थारु समुदायका मानिस मगनी गरेर महेन्द्रनगरतर्फ फर्किदै गरेको सु.प.प्र.००१ ख ९२९ नम्बरको बसले भट्टलाई ठक्कर दिएको बताए । 

Seti Hospital

बसको ठक्करबाट घाइते भएका भट्टको उचारका लागि धनगढीस्थित निर्सग अस्पतालमा उपचारका क्रममा मृत्यु भएको हो। प्रहरीले चालकलाई नियन्त्रणमा लिएर घटनाबारे थप अनुसन्धान भइरहेको जनाएको छ । 

कल २४ न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । FacebookInstagram मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ । हाम्रो YouTube च्यानल पनि हेर्नु होला ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Pradesh
Ban karyalaya

सम्बन्धित समाचार