कैलाली कञ्चनपुरका नाकावाट नक्कली स्टिकर सहितको खुकुरी चुरोट खुलेआम नेपाल भित्र्याइँदै

धनगढी : नेपाल–भारत सीमाबाट खुलेआम रुपमा आन्तरीक राजस्व बिभागको नक्कली स्टिकर टाँसिएका ‘खुकुरी’ ब्रान्डका चुरोट नेपाल भित्र्याइएको पाइएको छ। कैलालीका विभिन्न सीमावर्ती नाकाहरू प्रयोग गरी भारतबाट यस्ता चुरोट तस्करी भइरहेको तथ्य खुल्न आएको हो।

सुरुमा सामान्यजस्तो देखिने यस्ता चुरोटहरूमा आन्तरिक राजस्व कार्यालयको स्टिकर टाँसिएको हुन्छ, जसमा नेपाली भाषामा चेतनामूलक सन्देश र चित्र पनि हुन्छ। तर जब ती स्टिकरहरू स्क्यान गरिन्छ, त्यतिबेला मात्र ती सबै नक्कली भएको प्रमाणित हुन्छ। उक्त चुरोटहरू बजारमा छ्यापछ्याप्ती रुपमा फैलिएको देखिएपछि आन्तरिक राजस्व कार्यालय सक्रिय बनेको थियो।

Seti Hospital

त्यसपछि मात्र प्रहरी सक्रिय भएर केही कारबाही अघि बढाएको हो। शसस्त्र प्रहरीले हालै कैलाली र कञ्चनपुरका नाकाबाट न्युन मात्रा मात्रै नक्कली स्टिकर टाँसिएका खुकुरी चुरोट बरामद गरेको छ। तर ती चुरोट साइकिलमार्फत ल्याउने तस्कर भने भाग्न सफल भएका छन्। देशको अर्बौं रुपैयाँ राजस्व सुर्तीजन्य पदार्थबाट उठ्ने भए पनि नक्कली स्टिकर प्रयोग गरी खुलेआम हुने तस्करीले राज्यलाई ठूलो नोक्सानी पुर्‍याइरहेको छ।

कैलाली भन्सार कार्यालयका प्रमुख भन्सार अधिकृत अनन्तप्रसाद तिम्सिनाले भने, “देशको राजस्वमा ठूलो हिस्सा योगदान गर्ने सुर्तीजन्य वस्तुहरूमा यति संगठित रूपमा नक्कली स्टिकर टाँसीने कार्य निकै चिन्ताजनक छ। हामीले यस्ता गतिविधि नियन्त्रण गर्न अनुगमन र समन्वय बढाएका छौं।” आन्तरिक राजस्व कार्यालय कैलालीका प्रमुख कर अधिकृत मोहन सिंह वस्नेतले भने–“भारतबाट ल्याइएका खुकुरी चुरोटहरू देख्दा सक्कलीजस्तै लाग्छन्।

तर मूल्य सस्तो भएकाले व्यापारीहरू नेपालमै उत्पादित चुरोटभन्दा यस्ता तस्करी चुरोट बेच्न थालेका छन्। अहिले हामीले बजारमा अनुगमन बढाएका छौं। व्यापारीहरू अब गाउँ र पहाडी क्षेत्रतर्फ यस्ता चुरोट लैजान थालेकी भन्ने आशंका छ । आन्तरीक राजस्व कार्यालयको अनुगमन पछि केही किराना व्यापारी सचेत भएका छन । उनीहरुले आधिकारकि डिलरवाट मात्रै चुरोट खरिद गर्न लागीएको बताए ।

उपभोक्तालाई झुक्याउने यस्ता कार्यले व्यवसायीहरूको छवि र उपभोक्ताको विश्वासमा गम्भीर असर पारिरहेको भन्दै किराना व्यवसायीहरू पनि चिन्तित देखिएका छन्। किराना व्यवसायी संघ कैलालीका अध्यक्ष देव राज पाण्डेले भने, “तस्करी पहिले देखिनै हुँदै आएको थियो। अब त खुलेआम भइरहेको छ। प्रहरीले थोरै मात्र चुरोट समातेको हो, तर मूल जालो अझै सक्रिय छ। यदि प्रहरी प्रशासन अझै प्रभावकारी ढंगले अघि नबढ्ने हो भने राजस्व चुहावटको समस्या झन् बढ्नेछ।”

स्रोतका अनुसार यस्ता तस्करीमा कतिपय सुरक्षा निकायको मौनता र सेटिङको पनि भूमिका हुनसक्ने आशंका गरिएको छ। आन्तरिक राजस्व कार्यालयले तस्करीको सूचना प्रहरीलाई दिएको भए पनि कारबाही सीमित मात्रामा भएको हो। देशको राजस्व संग जोडीएको यस्तो गम्भीर तस्करीको जालो तोडन सरकारले बेलैमा प्रभावकारी कदम चाल्न जरुरी छ ।

कल २४ न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । FacebookInstagram मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ । हाम्रो YouTube च्यानल पनि हेर्नु होला ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Pradesh
Ban karyalaya

सम्बन्धित समाचार