दुर्गेश थापाको गीत युट्युब ट्रेन्डिङ दुईमा

काठमाडौँ : गायक दुर्गेश थापाको ‘जाने भए जाम माया’ बोलको गीत युट्युबको ट्रेन्डिङ दुईमा परेको छ। गीत सार्वजनिक भएको २४ घण्टा नपुग्दै युट्युब ट्रेन्डिङमा परेको हो।

बिहीबार दिउँसोसम्म गीतले करिब साढे १६ लाख भ्युज बटुलिसकेको छ। साथै साढे १६ हजार दर्शकले गीतबारे सकारात्मक प्रतिक्रिया दिएका छन्। गीतको भिडियोमा देखिएका दुर्गेश थापा, भ्लगर सिसन बनियाँ र ‘भाइरल’ गुराँस नानीको सहकार्यलाई दर्शकले रूचाएका छन्।

SHIKHAR COOL TECH

शिव बि.कको कोरियोग्राफी तथा निर्देशनमा बनेको भिडियो हरि हुमागाईं र टिमको छायांकन, मिलन विश्वकर्माको सम्पादन छ। गीतको शब्द, संगीत र संगीत संयोजन गायक दुर्गेशले नै तयार गरेका हुन्। गायनमा भने दुर्गेशसहित सिसन बानियाँ र अल्हाजी गेरोले गाएका छन्।

कल २४ न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । FacebookInstagram मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ । हाम्रो YouTube च्यानल पनि हेर्नु होला ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

CP
Ban karyalaya

सम्बन्धित समाचार