इन्ष्ट्यान्ट कफी धेरै खाँदा जान सक्छ आँखाको ज्योति

काठमाडौँ : बिहानी समयमा अधिकांश मानिसहरू चिया वा कफी पिउँछन् । तर यसरी खाइरहनु भएको कफीले हानी गर्न सक्छ भन्ने कुरा के तपाईँलाई थाहा छ ? कफीले निद्राबाट त जगाउँछ तर यसले तपाईंको आँखाको ज्योतिलाई क्षति पुर्‍याउन सक्ने एक अध्ययनले देखाएको छ । 

उक्त प्रतिवेदनका अनुसार धेरै कफी खाँदा अन्धो हुने खतरा बढ्छ । चिनियाँ अनुसन्धानकर्ताहरूले गरेको नयाँ अनुसन्धानले इन्ष्ट्यान्ट कफी नपिउन अर्को ठुलो कारण देखाएका छन् ।

Seti Hospital

उनीहरूले इन्ष्ट्यान्ट कफी र गम्भीर आँखा रोगबिच सम्बन्ध फेला पारेका छन् । यो यस्तो रोग हो जसमा आँखाको ज्योति धमिलो हुँदै जान्छन् । यसलाई अझै सिधा शब्दमा भन्नु पर्दा यस रोगमा तपाईँले आफ्नो आँखा अगाडि राखिएका चिज राम्रोसँग देख्नु हुने छैन । यी सबै चिज टेढोमेढो वा धमिलो देखिन थाल्छ । अन्य खालको कफी सेवन गर्नेको तुलनामा इन्ष्ट्यान्ट कफी पिउनेहरूमा यो रोग लाग्ने सम्भावना सात गुणा बढी पाइएको छ । 

यो एउटा उमेरसँग सम्बन्धित म्याकुलर डिजनरेशन अर्थात् एएमडी भनेर चिनिन्छ । यसमा आँखाको रेटिनाको सब भन्दा सानो र बिचको भाग बिग्रिन्छ । यो रोगका कारण व्यक्तिको पढ्ने, ड्राइभ र अनुहार पहिचान गर्ने क्षमतालाई असर गर्दछ । 

इन्ष्ट्यान्ट कफी बनाउने तरिकाका कारण पनि यो रोग लाग्न सक्ने अनुसन्धानकर्ताहरू मान्दछन् । ‘इन्ष्ट्यान्ट कफीले उमेरसँग सम्बन्धित म्याकुलर डिजनरेशनको जोखिम बढाउन सक्दछ, तर तपाईँले इन्ष्ट्यान्ट कफी पिउन कम गर्नु भयो भने यो रोगलाई रोक्न मद्दत मिल्न सक्छ । जो मानिसलाई यो रोग लाग्ने खतरा निकै धेरै छ, उनीहरूले इन्ष्ट्यान्ट कफी पिउनु हुन्न ।’ यस अनुसन्धानको नेतृत्व गरेकी आँखाको डाक्टर क्यू जियाले चेतावनी दिएकी छिन् । 

कस्ता व्यक्तिलाई छ यो रोगको खतरा ?

धेरै व्यक्तिहरू यस रोगबाट पीडित हुने जोखिममा छन् । यसमा त्यस्ता व्यक्तिहरू पनि छन् जसको परिवारमा कसै न कसैलाई कुनै न कुनै बेला यो रोग लागिसकेको  छ । तौल धेरै भएका, धुम्रपान गर्ने वा हाई ब्लड प्रेसर भएका व्यक्ति पनि यसको जोखिममा हुन्छन् । 

आँखा निलो वा हरियो भएको व्यक्ति पनि यसको चपेटामा पर्न सक्छन् । यिनीहरूको आँखामा ज्यो दिने कम्पाउन्ड कम हुन सक्छ । यस्ता मानिसले सूर्यको किरणबाट ज्यादा क्षति बेहोर्न सक्छन् । 

तर यो अनुसन्धान हेराई र बुझाइमा आधारित भएको अनुसन्धानकर्ताहरू बताउँछन् । यसले स्पष्ट रूपमा इन्ष्ट्यान्ट कफी नै आँखा रोग एएमडीको कारण हो भनेर साबित चाँहि गर्दैन । यस अघि भएका अध्ययन अनुसन्धानमा कफीले एएमडीको जोखिम कम गर्न सक्ने पाइएको थियो । 

कल २४ न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । FacebookInstagram मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ । हाम्रो YouTube च्यानल पनि हेर्नु होला ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Pradesh
Ban karyalaya

सम्बन्धित समाचार