कैलालीमा अटोको ठक्करबाट पैदल यात्रीको मृत्यु

धनगढी : कैलालीमा अटोको ठक्करबाट पैदल यात्रीको मृत्यु भएको छ । पूर्व–पश्चिम राजमार्ग अन्तरगत लम्कीचुहा नगरपालिका–६ स्याउलेस्थित अटोको ठक्करबाट एक महिलाको मृत्यु भएको छ भने अर्की घाइते भएकी छन्।

बुधबार साँझ करिब ८ बजेतिर पश्चिमबाट पूर्वतर्फ जाँदै गरेको म १ ह ८५८ नम्बरको अटोले सोही दिशा हुँदै हिँड्दै गरेकी पैदल यात्री ५५ वर्षीया लक्ष्मी ढुङगाना र २२ वर्षीया मिना ढुङगानालाई पछाडिबाट ठक्कर दिएको प्रहरीले जनाएको छ। घटनापछि गम्भीर घाइते भएका दुवै जनालाई तत्कालै भल्का अस्पताल, लम्की हुँदै कोहलपुरस्थित मेडिकल कलेज लगिएको थियो।

SHIKHAR COOL TECH

उपचारको क्रममा राति १० बजेर २० मिनेटमा लक्ष्मी ढुङगानाको मृत्यु भएको र मिना ढुङगाको कोहलपुरमै उपचार जारी रहेको प्रहरीले जनाएको छ। घटनामा संलग्न अटो र चालक २३ वर्षीय हेमन्त जोशीलाई नियन्त्रणमा लिई आवश्यक अनुसन्धान अघि बढाइएको इलाका प्रहरी कार्यालय लम्कीले जनाएको छ।

कल २४ न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । FacebookInstagram मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ । हाम्रो YouTube च्यानल पनि हेर्नु होला ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

CP
Ban karyalaya

सम्बन्धित समाचार