कञ्चनपुरमा एक लाख राशिको पुरुष भलिबल प्रतियोगिता

कञ्चनपुर : कञ्चनपुरको महेन्द्रनगरस्थित कभर्डहलमा एक राख राशीको खुला पुरुष भलिबल प्रतियोगिता सुरु भएको छ। जिल्ला भलिबल सङ्घ कञ्चनपुरको आयोजनामा महेन्द्रनगरस्थित भलिबल प्रशिक्षण केन्द्रमा बुधवारदेखि सुरु भएको प्रतियोगितामा १२ वटा टोलीको सहभागिता रहेको जिल्ला भलिबल सङ्घका अध्यक्ष श्यामसिंह मौनीले जानकारी दिए।

महेन्द्रनगरस्थित प्रशिक्षण केन्द्रमा प्रशिक्षार्थी खेलाडीको वृद्धि विकासका लागि प्रतियोगिता आयोजना गरिएको बताए। प्रतियोगिताले जिल्लामा भलिबल खेल चलायमान हुन्छ, खेलाडीलाई पनि हौसला मिल्छु, अध्यक्ष मौनीले भने, नियमित प्रशिक्षणमा रहेका खेलाडीको क्षमता विकासमा यसले महत्त्वपूर्ण टेवा पुग्ने छ।

SHIKHAR COOL TECH

राष्ट्रिय टोलीका मुख्य भलिबल प्रशिक्षक जगदीशप्रसाद भट्टले प्रतियोगिताले खेलाडीको विकासमा टेवा पुग्ने बताए। प्रतियोगिताले प्रशिक्षणमा मात्रै केन्द्रित रहेका खेलाडीलाई आफ्नो क्षमता प्रदर्शन गर्ने वातावरण बन्नेछु, उनले भने, यहाँ भलिबलका राम्रो खेलाडी छन्, ती खेलाडीको विकासका लागि राज्यले सहयोग गर्नुपर्छ।

मुख्य प्रशिक्षक भट्टले महेन्द्रनगरस्थित भलिबल प्रशिक्षण केन्द्रमा दैनिक डेढ सय महिला तथा पुरुष खेलाडीले प्रशिक्षण गरिरहेको बताए। प्रतियोगितामा प्रथम हुने टोलीले नगद एक लाख एक हजार १११ पुरस्कार पाउनेछ। द्वितीय पुरस्कारका लागि ५१ हजार १११, तृतीयलाई २१ हजार १११ प्रदान गरिनेछ।

यसैगरी, उत्कृष्ट खेलाडीलाई नगदसहित मेडल तथा प्रमाणपत्र प्रदान गरिने जिल्ला भलिबल सङ्घले जनाएको छ। प्रतियोगिताको उद्घाटन खेलमा नेपाली सेनाको श्री नम्बर २५ बाहिनीको टोलीले रामजानकी मन्दिर समिति तिलाचौरको टोलीलाई एक सेटले पराजित गरेको छ। 

कल २४ न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । FacebookInstagram मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ । हाम्रो YouTube च्यानल पनि हेर्नु होला ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

CP
Ban karyalaya

सम्बन्धित समाचार