काठमाडौं : अन्तर्राष्ट्रिय क्रिकेट परिषद (आइसिसी) ले जारी गरेको नयाँ टी–२०आई वरियतामा नेपाली लेगस्पिनर सन्दीप लामिछाने एक स्थान उक्लिएर ७४औँ स्थानमा पुगेका छन् ।
यस्तै, बलिङतर्फ ललित राजवंशी ५४औँ स्थानमा यथावत छन् । यस्तै, दीपेन्द्रसिंह ऐरी ८१औँ स्थानमै छन् । अलराउण्डर वरियतामा उनी तेस्रो स्थानमा कायम छन् ।
ब्याटिङतर्फ दीपेन्द्र ६१औँ स्थानमा यथावत छन् । कप्तान रोहितकुमार पौडेल, आसिफ शेख र कुशल भुर्तेलको स्थिति पनि परिवर्तन भएको छैन ।
ओडिआई वरियतामा दीपेन्द्र बलिङमा एक स्थान सुधार गर्दै ७७औँ स्थान उक्लिएका छन् । ओडिआईमा सन्दीप र ललितको वरियता भने खस्किएको छ । ब्याटिङमा कुशल, आसिफ र रोहित शीर्ष १०० भित्र अटाएका छन् ।
प्रतिक्रिया दिनुहोस्