भारतको गुजरातमा पुल भाँचिदा ९ जनाको मृत्यु

काठमाडौं : भारतको गुजरात राज्यस्थित वडोदरा जिल्लामा बुधबार दर्दनाक दुर्घटना भएको छ। वडोदरा जिल्लाको पादरा तालुकास्थित मुजपुर क्षेत्रमा रहेको एक पुल भाँचिदा कम्तीमा ९ जनाको ज्यान गएको छ भने ५ जनालाई जीवितै उद्धार गरिएको छ।

हिन्दुस्तान टाइम्सका अनुसार दुर्घटनापछि घटनास्थलमा पुगेका गुजरातका मन्त्री ऋषिकेश पटेलले पुष्टि गर्दै उद्धारकार्य तत्काल सुरु गरिएको जानकारी दिए। दुर्घटना भएको पुलबाट गाडीहरू सिधै नदीमा खसेका थिए।

घटनासँग सम्बन्धित एक भिडियो सामाजिक सञ्जालमा व्यापक रूपमा फैलिएको छ। उक्त भिडियोमा एउटा ट्यांकर पुलको टुटेको भागमा अड्किएको र आधा भाग नदीतर्फ झुकेको देखिन्छ।

हालसम्म घटनास्थलमा उद्धार टोली खटिएको छ र अझै केही व्यक्ति हराइरहेको हुनसक्ने आशंकामा खोजी जारी छ। स्थानीय प्रशासनले घटनाको विस्तृत अध्ययन सुरु गरेको छ।

कल २४ न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । FacebookInstagram मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ । हाम्रो YouTube च्यानल पनि हेर्नु होला ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

CP
Ban karyalaya

सम्बन्धित समाचार