काठमाडौं : भारतको राजस्थानमा वायु सेनाको फाइटर प्लेन दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ ।
राजस्थानको रतनगढमा भारतीय सेनाको लडाकू विमान दुर्घटना हुँदा पाइलटसहित दुई जनाको मृत्यु भएको भारतीय सञ्चारमाध्यमले जनाएको छन् । दुर्घटनाको खबर प्राप्त हुनासाथ प्रहरी र प्रशासनको टोली घटनास्थल पुगेका थिए ।
स्थानीयका अनुसार आकाशमा ठूलो आवाज आउनेगरी विस्फोट भएको फाइटर प्लेन तल खस्दा खेतभरी आगोको मुस्लो र धुँवा देखिएको थियो । दुर्घटनामा परेको विमान वायु सेनाको जुगआर भएको एनटीभीले उल्लेख गरेको छ ।
प्रतिक्रिया दिनुहोस्