धनगढी : कैलालीको गोदावरी नदीमा बाढी आएपछि फसेका ६ जनाको उद्धार गरिएको छ । बुधवार श्राद्ध गर्न गएका कञ्चनपुरको झलारीका ६ जनाको उद्धार गरिएको हो ।
काठे पुल नजिकै नदीको बिच भागमा श्राद्ध गरिरहेका बेला नदीमा एक्कासि बाढी आएपछि उनीहरू फसेका थिए । ६ जनाकै सकुशल उद्धार गरिएको इलाका प्रहरी कार्यालय मालाखेतीका प्रमुख डिएसपी रण बहादुर चन्दले बताए ।
प्रतिक्रिया दिनुहोस्