धनगढी । बेलायतमा एक नेपालीलाई दुई वर्षको जेल सजाय सुनाइएको छ । लुटन टोम्लिन्सन एभेन्यूमा बस्दै आएका २७ वर्षीय निखिल लामालाई दुई वर्षको जेल सजाय सुनाइएको हो ।
उनलाई एल्सबरी क्राउन कोर्टले ड्रग आपूर्ति गरेको अभियोगमा जेल सजाय सुनाएको हो ।
लामालाई गत वर्ष अक्टोबर २८ मा पक्राउ गरेको थियो । उनको साथबाट प्रहरीले २८ पोका हिरोइन र २८ पोका क्र्याक कोकीन फेला परेको थियो ।
प्रतिक्रिया दिनुहोस्