प्रधानमन्त्रीसहितको टोली रसुवाको बाढीग्रस्त क्षेत्रमा जाँदै !

काठमाडौँ : सोमबार राति रसुवामा आएको भीषण बाढी र पहिरोका कारण पुगेको क्षतिको स्थलगत अवलोकनका लागि प्रधानमन्त्री केपी शर्मा ओलीसहितको एक उच्चस्तरीय टोली त्यसतर्फ प्रस्थान गर्ने भएको छ।

टोलीमा प्रधानमन्त्री ओलीसँगै उपप्रधानमन्त्री तथा अर्थमन्त्री विष्णुप्रसाद पौडेल र गृहमन्त्री रमेश लेखक पनि सहभागी हुनेछन्। गृहमन्त्री लेखकले रसुवामा ठूलो विपद् आएको बताउँदै घटनास्थलको प्रत्यक्ष अवलोकनपछि सरकारले आवश्यक निर्णय लिने जानकारी दिए।

Galaxy

उनले भने, “रसुवामा ठूलो डिजास्टर भएको छ। हामी जान लागेका छौं। त्यहाँ गएर हेरेपछि आवश्यक निर्णय गर्नेछौं।”

बाढीग्रस्त क्षेत्रको अवलोकनका लागि तीनवटै सुरक्षा निकायका प्रमुखहरू पनि जाने बताइएको छ। यस अवलोकन भ्रमणले बाढीपीडितका लागि तत्काल राहत र दीर्घकालीन योजना निर्माणमा सहयोग पुग्ने अपेक्षा गरिएको छ।

कल २४ न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । FacebookInstagram मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ । हाम्रो YouTube च्यानल पनि हेर्नु होला ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Pradesh
Ban karyalaya

सम्बन्धित समाचार