कञ्चनपुरमा करेन्ट लागेर तीन जना मजदुर घाइते

कञ्चनपुर : कञ्चनपुरको पुनर्वास नगरपालिका–१० भीमबस्तीमा कल्भट निर्माणका क्रममा मिक्चरमा करेन्ट लाग्दा तीन जना कामदार घाइते भएका छन्। नन्देव बिल्डर्स बझाङको ठेकामा अमरबस्ती र भीमबस्ती जोड्ने कल्भट निर्माण भइरहेको थियो। सोही क्रममा मिक्चरलाई एक स्थानबाट अर्को स्थानमा सार्ने क्रममा नजिकै रहेको हाईटेन्सन लाइनको तारले मिक्चर छोएपछि करेन्ट सर्ट भएको प्रहरीले जनाएको छ।

घटनामा घाइते हुनेहरूमा पुनर्वास–१० भीमबस्तीकी ५३ वर्षीया माईली थापा रहेका छिन् । उनको दाहिने हात भाँचिएको छ र अवस्था मध्यम रहेको अस्पताल स्रोतले जनाएको छ। त्यसैगरी अमरबस्तीका २४ वर्षीय भक्त बिष्टको बायाँ खुटाको घुँडामा सामान्य चोट लागेको छ भने कैलालीको गौरीगंगा नगरपालिका–२ निवासी १९ वर्षीय कृष्ण बहादुर थापाको दाहिने खुट्टा र पेटमा सामान्य चोट लागेको छ। घाइते तीनै जनालाई उपचारका लागि मायामेट्रो अस्पताल, धनगढीमा लगिएको छ।

SHIKHAR COOL TECH

घटनाबारे जानकारी प्राप्त लगत्तै इलाका प्रहरी कार्यालय परासनबाट प्रहरी नायव निरीक्षकको कमाण्डमा दुई जनाको प्रहरी टोली घटनास्थलमा खटिएको थियो। पेटी ठेकेदार धनबहादुर बम उपचारमा संलग्न रहेको समेत प्रहरीले जानकारी दिएको छ। प्रहरीले घटनाको थप अनुसन्धान गरिरहेको जनाएको छ।

कल २४ न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । FacebookInstagram मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ । हाम्रो YouTube च्यानल पनि हेर्नु होला ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

CP
Ban karyalaya

सम्बन्धित समाचार