रसुवामा बाढी अपडेट : १८ जना बेपत्ता, ९ जनाको उद्धार

काठमाडौँ : नेपाल-चीनको सिमानामा रहको ल्हेन्दे खोलामा आएको बाढीमा परी रसुवामा १८ जना बेपत्ता भएका छन्। रसुवाका प्रमुख जिल्ला अधिकारी अर्जुन पौडेलका अनुसार बाढीमा परी छ जना नेपाली कामदार, छ जना चिनियाँ कामदार, तीन जना प्रहरी र तीन जना गाडी चालक हराइरहेका छन्। बाढीमा फसेका नौ जनाको उद्धार गरिएको छ।

अहिले ३० देखि ३५ कामदार फसेको, तर उनीहरु सुरक्षित रहेको प्रमुख जिल्ला अधिकारी पौडेलले बताए जानकारी दिनुभयो। रसुवाको गोसाईकुण्ड गाउँपालिका २ मा गएराति वर्षासँगै आएको बाढीले नेपाल–चीन जोड्ने मितेरी पुलसँगै टिमुरेमा रहेको भन्सार कार्यालय परिसर ९यार्ड० नै बगाएको हो।

SHIKHAR COOL TECH

परिसरमा रहेका धेरै गाडी बाढीले बगाएको छ। छिमेकी चीनतर्फ ठूलो पानी परेका कारण बाढी आएको जिल्ला प्रहरी कार्यालय रसुवाले जनाएको छ। बाढीले पुल बगाएसँगै रसुवा हुँदै चीनसम्म सडकमार्गको सम्पर्क बिच्छेद भएको छ।

रसुवा गोसाइँकुण्ड गाउँपालिका–२ तातोपानीको पासाङल्हामु राजमार्गअन्तर्गत स्याफ्रुबेँसी–रसुवागढी सडकखण्डमा भोटेकोशी नदीमा आएको बाढीले सडक कटान र पहिरोका कारण सडक अवरुद्ध भएको छ। रसुवागढी हाइड्रोपावरमा पनि क्षति पुगेको छ।

कल २४ न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । FacebookInstagram मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ । हाम्रो YouTube च्यानल पनि हेर्नु होला ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

100%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

CP
Ban karyalaya

सम्बन्धित समाचार