र्‍याप गीत ‘कथा आज सुनाउँदैछु’ सार्वजनिक

काठमाडौँ : र्‍यापर मनोज ओलीले नयाँ र्‍याप गीत सार्वजनिक गरेका छन्। ‘कथा आज सुनाउँदैछु’ शीर्षकको र्‍यापमा विद्यमान नेपाली समाजको चित्रण छ। जुनसुकै ‘तन्त्र’ र ‘वाद’ आए पनि धनी झन धनी हुँदै गएको र गरिबका दुःख झन बढ्दै गएको कुरा यसमा चित्रण गरिएको छ। 

गणतन्त्र आएपछि गरिबका दिन फर्किन्छन् भनेर राजनीति गर्नेहरू पनि सत्तामा पुगेपछि केही परिवर्तन नभएको कुरा र्‍यापमा सुन्न सकिन्छ। राजनीतिक दलले देखाउन नछोडेको आश्वासन र व्यवस्था फेरिए पनि नफेरिएको अवस्थालाई र्‍यापले चित्रण गरेको छ। 

Galaxy

यसमा शब्द र र्‍याप प्रस्तुति मनोज ओलीको छ। भिडिओमा मुुकुन भुुसाल, लक्ष्मी जोशीलगायत कलाकारहरूको अभिनय छ।  गीतबारे र्‍यापर मनोज ओलीले भनेका छन्– ‘यो देशको परिस्थितिका कारण विदेशिन बाध्य बनेका आम नेपाली युवा/युवतीहरूको आवाज हो।

उनीहरुको संघर्ष र पीडाभित्रको चित्कार हो, जो जीवनका सामान्य आधारभुत सपना पूरा गर्न समेत विदेशिन बाध्य छन्।’  भिडिओ निर्देशन निकेश खड्काले गरेका हुन्। दिनेश पराजुलीको डिओपी रहेको भिडिओलाई विकास धमलाले सम्पादन गरेका छन्।

कल २४ न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । FacebookInstagram मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ । हाम्रो YouTube च्यानल पनि हेर्नु होला ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Pradesh
Ban karyalaya

सम्बन्धित समाचार