बैतडीको मेलौलीमा खेलाडीहरुलाई नगदसहित सम्मान

बैतडी : मेलौलीमा खेलाडीहरुलाई नगदसहित सम्मान गरिएको छ। सोमबार मेलौली नगर खेलकुद विकास समितिले खेलाडीहरुलाई सम्मान गरेको हो।

१४ औं जिल्लास्तरीय राष्ट्रपति रनिङ्ग शिल्ड प्रतियोगितामा सहभागि उत्कृष्ट खेलाडी तथा प्रशिक्षकहरुलाई नगदसहित सम्मान गरिएको नगर खेलकुद विकास समिति अध्यक्ष शंकर भण्डारी (सागर)ले बताउनुभयो। खेलाडीहरुको हौसला र मनोबल बढाउन सम्मान गरिएको भण्डारीले जानकारी दिनुभयो।

SHIKHAR COOL TECH

नगर खेलकुद विकास समिति अध्यक्ष शंकर भण्डारी (सागर)को अध्यक्षता तथा नगर प्रमुख भिम बहादुर चन्दको प्रमुख आतिथ्यमा सम्मान कार्यक्रम सञ्चालन गरिएको हो। कार्यक्रममा नगर उप-प्रमुख पार्वती बोहरा बिष्ट र प्रमुख प्रशासकीय अधिकृत नारायण बहादुर चन्द बिशिष्ट अतिथि रहनु भएको थियो। यसैगरी कार्यक्रममा वडाअध्यक्षहरु, वडासदस्यहरु, कार्यपालिका सदस्य, खेलकुद प्रशिक्षक, खेलाडीहरु, खेलाडीका अभिभावकहरु र पत्रकाहरुको उपस्थिति रहेको थियो।

१४ औं जिल्लास्तरीय राष्ट्रपति रनिङ्ग शिल्ड प्रतियोगिता २०८० मेलौलीमा सञ्चालन गरिएको थियो। सो प्रतियोगिताको च्याम्पीयन मेलौली नगरपालिका भएको थियो। खेलाडीहरुको क्षमता विकास, आवश्यक कुराहरुको परिपूर्ती र हौसलासहित सम्मान गर्न नगरपालिकाको तर्फबाट हुने साथ सहयोग गरिरहने नगर प्रमुख चन्दले बताउनुभयो। कार्यक्रम सञ्चालन कार्यपालिका सदस्य विजय पोखरेलले गर्नुभएको थियो।

कल २४ न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । FacebookInstagram मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ । हाम्रो YouTube च्यानल पनि हेर्नु होला ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

CP
Ban karyalaya

सम्बन्धित समाचार