बैतडीको पुर्चौडीमा अवस्थीगाउँको मैनगडे खोलाको बहाव गाउँतिर पसेपछि…

बैतडी : पुर्चौडी नगरपालिका–७ को अवस्थीगाउँमा मैनगडे खोलाको बहाव सीधै गाउँतिर पसेपछि स्थानीय बासिन्दा त्रासमा छन्।

बिना पूर्वाधार र योजना खोलाको धारमाथि सडक निर्माण गरिएपछि अहिले घर र खेत डुबानको जोखिममा परेका छन्। स्थानीयबासी महेश अवस्थीका अनुसार खोलो काटेर बनाइएको सडकमा न त नालीको व्यवस्था गरिएको छ, न त पानी निकासका लागि पुल वा कल्भर्ट नै निर्माण गरिएको छ।

SHIKHAR COOL TECH

खोलाको प्राकृतिक बहावलाई बेवास्ता गर्दै बनाइएको श्रीभार–हाट सडकले अहिले खोलोको पानीको धार नै परिवर्तन गरिदिएको छ। खोलोको बहाव अवरुद्ध भएपछि पानी गाउँतिर पसेको अर्का स्थानीय लक्ष्मी अवस्थीले बताए। ‘सडक निर्माण गर्दा मैनगडे खोलाको बहाउको बेवास्ता गरिँदा हरेक वर्ष खेत तथा गाउँमा बाढी पस्ने गरेको छ। खोलाको पानी ओरालो बग्नुपर्नेमा पूर्वतर्फ सडक हुँदै खेत तथा गाउँ भएर बग्ने गरेको छ,’ उनले भने, ‘सडक निर्माण गरेको करिब एक दसक हुन लाग्दा पनि खोलामा कलभर्ट बनाइएको छैन। खोलाको निकास नहुँदा सडक भएर पानी बग्ने गरेको छ।’

स्थानीयमा घर र खेत बगाउने त्रास
स्थानीयवासी हरिकृष्ण अवस्थी भन्छन्, ‘विकासको नाममा भएको यो कामले हाम्रो दुःख बढाइदिएको छ। योजना पनि छैन, प्रविधि पनि छैन। खोलो अब गाउँमा पसेको छ, खेत बग्न थालिसक्यो।’ सडक निर्माण गर्दा खोलाको बहावको अध्ययन नगरिएको र काम गरेपछि कुनै प्रकारको अनुगमन नभएको स्थानीयले गुनासो गरेका छन्। खोलोको पानीको व्यवस्थापन नगरिँदा पानीले बाटो परिवर्तन गर्दै सिधै बस्ती पसेको हो।

स्थानीयले खोलाको बहाव अध्ययन गरिनुपर्ने माग गरेका छन्। तत्काल पानी निकासको लागि व्यवस्था गरेर घर र खेत बग्नबाट जोगाउन सहयोग पुग्नुपर्ने उनीहरूले बताएका छन्। ‘हामी विकास विरोधी होइनौं, तर यस्तो विकास होइन जसले हाम्रो जीवन नै संकटमा पारोस्,’ स्थानीय विष्णु अवस्थीले भने।

पुर्चौडी नगरपालिकाको योजना शाखा, वडा नं ७ का जनप्रतिनिधि र निर्माण कार्यमा संलग्न पक्षको लापरवाहीले गर्दा मैनगडे खोलाले अहिले बस्ती नै विनाशको जोखिममा पारेको छ। तत्काल ध्यान नदिने हो भने अझ ठूलो क्षति हुनसक्ने स्थानीयको चेतावनी छ।

कल २४ न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । FacebookInstagram मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ । हाम्रो YouTube च्यानल पनि हेर्नु होला ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

CP
Ban karyalaya

सम्बन्धित समाचार