देउवाकाे सन्देश सुनाउन मुख्यमन्त्री शाह पुगे रेशम चौधरीकाे घर बर्दियामा

धनगढी : सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमल बहादुर शाह र नागरिक उन्मुक्ति पार्टीका संरक्षक रेशम चौधरीबीच भेटवार्ता भएको छ । बर्दियास्थित रेशम चौधरीको निवासमा दुई जनाबीच भेटवार्ता भएको हो ।

कांग्रेस सभापति शेरबहादुर देउवाको सन्देश लिएर मुख्यमन्त्री शाह आइतबार बिहान चौधरी निवास पुगेका थिए । बिहीबार मुख्यमन्त्री शाहले नाउपाको तर्फबाट उद्योग पर्यटन वन तथा वातावरण मन्त्री रामेश्वर चौधरीलाई बर्खास्त गरेपछि नाउपा चिढिएको थियो ।

Seti Hospital

शुक्रवार सुदूरपश्चिम प्रदेशमा सरकारलाई दिएको समर्थन फिर्ता लिएको नाउपाले शनिवार सङ्घीय सरकारबाट पनि बाहिरिने निर्णय गरेको थियो । शनिवार नै मुख्यमन्त्री शाह र सभापति देउवाबिच बुढानिलकण्डमा भेटवार्ता भएको थियो । देउवाले नाउपासँग छलफल र संवाद गरेर अघि बढ्न सुझाव दिएपछि मुख्यमन्त्री शाह र संरक्षक चौधरीबीच भेट भएको हो ।

भेटमा मुख्यमन्त्री शाहले देउवाको सन्देश सुनाएका थिए । मुख्यमन्त्री शाहले सुदूरपश्चिम सरकारमा सहभागी हुन चौधरीलाई आग्रह गरेका थिए । जवाफमा चौधरीले तत्काल सरकारबाट फिर्ता हुने निर्णय भइसकेको भन्दै सत्ता गठबन्धनका विषयमा केन्द्रमै छलफल हुने बताएका थिए ।

कल २४ न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । FacebookInstagram मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ । हाम्रो YouTube च्यानल पनि हेर्नु होला ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Pradesh
Ban karyalaya

समबन्धित समाचार