लैङ्गिक हिंसा नियन्त्रण गर्न भरोसा बन्दै कञ्चनपुरको एकद्वार सङ्कट व्यवस्थापन केन्द्र

कञ्चनपुर : कञ्चनपुरको महाकाली प्रादेशिक अस्पतालमा रहेको एकद्वार सङ्कट व्यवस्थापन केन्द्र (ओसिएमसी)बाट सेवा लिनेको सङ्ख्या बढ्दो रूपमा रहेको छ। केन्द्रबाट आर्थिक वर्ष २०८०/८१ मा दुई सय चार जनाले सेवा लिएका थिए भने आव २०८१र८२ को जेठ मसान्तसम्म दुई सय ७८ जनाले सेवा लिएका छन्।

लैङ्गिक हिंसा, घरेलु हिंसा, यौनजन्य दुव्र्यवहारलगायत घटनाबाट प्रभावित व्यक्तिहरूले केन्द्रबाट सहज रूपमा सेवा पाएका हुन्। यो सँगै केन्द्रबाट पीडितले स्वास्थ्योपचार, चिकित्साजन्य प्रमाण सङ्कलन, संरक्षण, मानसिक एवं मनोसामाजिक परामर्श, सुरक्षा, आश्रय, कानुनी उपचार पुनस्र्थापनालगायत सेवा पाएका छन्।

SHIKHAR COOL TECH

केन्द्रका वरिष्ठ अस्पताल नर्सिङ निरीक्षक भावना शर्माका अनुसार आव २०८१/८२ मा केन्द्रबाट सेवा लिनेमा महिलाको सङ्ख्या दुई सय ७५ रहेको छभने पुरुषको सङ्ख्या तीनमात्र छ। उमेर समूहमा १४ वर्षमुनिका २६ जना, १५ देखि १८ वर्षका ३१ जना, १९ देखि ४९ वर्षका दुई सय दुई, ५० देखि ६० वर्षका १३ र ६० वर्षमाथिका छ जनाले केन्द्रबाट सेवा लिएका छन्।

केन्द्रमा हिंसाका आधारमा शारीरिक ८७, यौनजन्य ७४, मानसिक ६४, बेचविखन दुई, बालविवाह दुई र अन्य ५० जनाले सेवा पाएको नर्सिङ निरीक्षक शर्माले जानकारी दिइन्। सोही अवधिमा एकद्वार सङ्कट व्यवस्थापन केन्द्र ९ओसिएमसी०बाट दुई सय ७१ जनाको स्वास्थ्य परीक्षणको कार्य गरिएको छ भने मेडिको लिग्ल सेवा ५६ जनाले पाएका छन्।

यसैगरी, एचआइभी परीक्षण तथा परामर्श सेवा ४५, गर्भ परीक्षण ५०, घाउ चोटपटकको उपचार ९५, आकस्मिक गर्भनिरोधक सेवा १५, सुरक्षित गर्भपतन सेवा चार, मनोसामाजिक परामर्श सेवा एक सय ९२, मानसिक रोगको उपचार ३९ र दुई जनाको यौन रोगको उपचार गरिएको छ। बिनाभेदभाव सबै लैङ्गिक हिंसापीडितलाई एकीकृत रूपमा गुणस्तरीय सेवा सुनश्चितता गरिएको केन्द्रका वरिष्ठ अस्पताल नर्सिङ निरीक्षक शर्माले बताइन्।

कल २४ न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । FacebookInstagram मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ । हाम्रो YouTube च्यानल पनि हेर्नु होला ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

CP
Ban karyalaya

सम्बन्धित समाचार