बझाङका तीन जना कृषकलाई भीमदत्त उत्कृष्ट कृषक पुरस्कार

बझाङः बझाङका तीन जना कृषक उत्कृष्ट कृषिकर्म गरेबापत प्रदेशस्तरीय भीमदत्त उत्कृष्ट कृषक पुरस्कारबाट सम्मानित भएका छन्।

सुदूरपश्चिम प्रदेशको कृषि विकास निर्देशनालयले प्रदान गर्ने उक्त पुरस्कारबाट छविसपाथीभेरा गाउँपालिका–६, का मकर बोहरा, जयपृथ्वी नगरपालिका–३, का केशवराज विष्ट र खप्तडछान्ना गाउँपालिका–६, का कृषक शम्सेर थापा पुरस्कृत भएका हुन्।

SHIKHAR COOL TECH

पुरस्कार राशि जनही २५ हजार नगद, प्रमाणपत्र र दोसल्ला रहेको छ। बझाङ जिल्लाका पालिका प्रमुख तथा उपप्रमुखहरुको उपस्थितिमा उनीहरुलाई जिल्ला समन्वय समिति बझाङका प्रमुख नरबहादुर बोहराले पुरस्कार हस्तान्तरण गरेका थिए। पुरस्कृत बोहरा र थापाले व्यावसायिक रुपमा प्रांगारिक तरकारी खेती गरिरहेका छन् भने विष्टले बगुंर र कुखुरापालन गरिरहेका छन्।

कल २४ न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । FacebookInstagram मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ । हाम्रो YouTube च्यानल पनि हेर्नु होला ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

CP
Ban karyalaya

सम्बन्धित समाचार