नेताहरुको रगतमै भ्रष्टाचार छ : नेतृ रोशन कार्की

काठमाडौं : राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) की सांसद रोशन कार्कीले नेपालका नेताहरुको रगतमा नै भ्रष्टाचार बसेको भन्दै गम्भीर आरोप लगाएकी छन् । आइतबार सिंहदरबारमा बसेको प्रतिनिधि सभाको अन्तर्राष्ट्रिय सम्बन्ध र पर्यटन समितिको बैठकमा उनले हवाई क्षेत्रको दुर्दशाको मुख्य कारण भ्रष्टाचार र राजनीतिक नियुक्ति भएको बताइन् ।

समितिमा ‘नेपाल हवाई सेवा प्राधिकरण विधेयक, २०८१’ माथिको छलफलमा भाग लिँदै सांसद कार्कीले उड्दै नउड्ने जहाज किन्ने र चल्दै नचल्ने विमानस्थल बनाउने प्रवृत्तिले देशमा जरा गाडेको बताइन् । यस्ता निर्णयहरूका पछाडि नीतिगत भ्रष्टाचार र व्यक्तिगत लाभ प्रमुख कारण रहेको उनको जिकिर थियो ।

Seti Hospital

आफ्नो आक्रोश व्यक्त गर्दै सांसद कार्कीले भनिन्, ‘हामी कस्तो स्थितिमा छौँ भने प्लेन किन्छौँ उड्दै नउड्ने, एयरपोर्ट बनाउँछौँ चल्दै नचल्ने । यसको कारण के हो त भन्दा भ्रष्टाचार हो । हामी भ्रष्टाचारमा र राजनीतिक नियुक्तिमा यति लिप्त भइसकेका छौँ, हाम्रो रगतमा नै भ्रष्टाचार आइसकेको छ ।’

उनले बन्न लागेको विधेयकले हवाई सेवालाई अन्तर्राष्ट्रिय मापदण्डअनुरुप सुरक्षित र विश्वसनीय बनाउनुपर्नेमा जोड दिइन् । ‘हामी प्लेन चढ्दा आफ्ना भगवानहरु पुकार्दै चढ्न नपरोस् । सुरक्षित गन्तव्यमा पुग्छौँ भन्ने विश्वास होस्,’ उनले भनिन्, ‘हाम्रा नातागोतालाई पनि आफ्ना मान्छे सुरक्षितसाथ गन्तव्यमा पुग्छन् भन्ने विश्वास गर्न सकुन्, यस्तो वातावरण बनाउनुपर्छ ।’

समितिले आइतबार ‘नेपाल हवाई सेवा प्राधिकरण विधेयक, २०८१’ माथि विधेयकका संशोधनकर्ताहरूसँग छलफल गरेको थियो । उक्त विधेयकले नेपालको हवाई उड्डयन क्षेत्रलाई थप सुरक्षित, नियमित र प्रभावकारी बनाउने लक्ष्य राखेको छ ।

कल २४ न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । FacebookInstagram मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ । हाम्रो YouTube च्यानल पनि हेर्नु होला ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Pradesh
Ban karyalaya

समबन्धित समाचार