डोटी : केआईसिंह गाउँपालिका-३ को वडा कार्यालयले उत्कृष्ट काम गर्ने स्वास्थ्यकर्मी र स्वयंसेविकालाई सम्मान गरेको छ । शनिबार एक कार्यक्रमको आयोजना गरी वडाध्यक्ष रामबहादुर कुँवरले सम्मान गरेका हुन् ।
सम्मानित हुनेमा स्वास्थ्य चौकीमा कार्यरत सिनियर अनमी कान्ता भट्ट, रुपा रावल पुनमगर तथा महिला सामुदायिक स्वास्थ्य स्वयंसेविका चम्भादेवी बम, कमलादेवी कुँवर, लक्ष्मीदेवी कुँवर, भागरथीदेवी भट्ट , बिर्मादेवी ऐर रहेका छन् ।
लामो समयदेखि सेवामा प्रवेश गरी उत्कृष्ट काम गरेको भन्दै ज्येष्ठताको आधारमा उनीहरुलाई वडा कार्यालयले सम्मान गरेको हो । यो सम्मानले स्वास्थ्यकर्मीहरूमा हौसला बढाउने बासुदेवी स्वास्थ्य चौकी प्रमुख लालदेव सहनीको भनाइ छ ।
प्रतिक्रिया दनुहोस्