विक्रम सिंहद्वारा अमेरिकाको माउन्ट सास्ताको शिखरमा पहिलो नेपाली पाइला

भक्तराज जोशी

धनगढी — नेपाली साहसको अर्को ऐतिहासिक अध्याय अमेरिकामा कोरिएको छ। कैलालीका विक्रम सिंहले अमेरिकाको उत्तर क्यालिफोर्नियामा रहेको प्रतिष्ठित माउन्ट सास्ताको सफल आरोहण गर्दै यो हिमाल चढ्ने पहिलो नेपाली बन्ने गौरव प्राप्त गरेका छन्।

४,३३० मिटर (१४,१७९ फिट) उचाइमा फैलिएको माउन्ट सास्ता भीषण उकालो र कठोर भू–भागका कारण अत्यन्त चुनौतीपूर्ण मानिन्छ। विक्रम सिंहका अनुसार सास्ताको उकालो बाटोले नेपालको मकालु हिमालको सम्झना दिलायो। उनले भने, “यो यात्रा शारीरिक मात्र होइन, भावनात्मक रूपमा पनि अविस्मरणीय रह्यो।”

SHIKHAR COOL TECH

सिंहले यो सफलता आफू मात्रको नभई विश्वभर छरिएका नेपालीहरूको प्रेरणाका रूपमा लिएको बताए। “यो मेरो जीवनकै सबैभन्दा विनम्र र ऐतिहासिक क्षण हो। हिम्मत र निरन्तर प्रयासले असम्भवलाई पनि सम्भव बनाउँछ भन्ने यो उदाहरण हो,” उनले भने।

विक्रमले आरोहणका केही विशेष तस्बिरहरू समेत सार्वजनिक गरेका छन्। उनको यो सफलता नेपाली पहिचान र साहसलाई अन्तर्राष्ट्रिय मञ्चमा झनै उजागर गर्ने प्रेरणादायी उपलब्धि बनेको छ।

कल २४ न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । FacebookInstagram मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ । हाम्रो YouTube च्यानल पनि हेर्नु होला ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

100%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

CP
Ban karyalaya

सम्बन्धित समाचार