काठमाडौं : प्रधानमन्त्री केपी ओली स्पेनको औपचारिक भ्रमणबाट स्वदेश फर्किएका छन् । संयुक्त राष्ट्रसंघको विकासका लागि वित्तसम्बन्धी चौथो अन्तर्राष्ट्रिय सम्मेलनमा सहभागी हुन असार १४ गते स्पेन प्रस्थान गरेका प्रधानमन्त्री शुक्रबार स्वदेश फर्किएका हुन् ।
प्रधानमन्त्री ओली स्पेनबाट दोहा हुँदै कतार एयरवेजमा काठमाडौं फर्किएका हुन् । प्रधानमन्त्रीकाे भ्रमण टोलीमा २१ जना सदस्य सहभागी थिए ।
स्पेनमा रहँदा प्रधानमन्त्री ओलीले संयुक्त राष्ट्रसङ्घका महासचिव एन्टेनियो गुटेरससँग भेटवार्ता गरेका थिए ।
सँगै, स्टोनियाका राष्ट्रपति अलार कारिस, इजिप्टका प्रधानमन्त्री डा. मोस्तफा कमाल माडबुली र पोर्चुगलका प्रधानमन्त्री लुइ मोन्टेनेग्रोसँग पनि भेटवार्ता गरेका थिए ।
प्रधानमन्त्री ओलीले विकासका लागि वित्तसम्बन्धी चौथो अन्तर्राष्ट्रिय सम्मेलनलाई सम्बोधन गरेका थिए । जहाँ अल्पविकसित मुलुकहरूको उच्चस्तरीय बैठकको अध्यक्षता पनि गरेका थिए ।
प्रतिक्रिया दनुहोस्