रुसले युक्रेनमा ५५० क्षेप्यास्त्र र ड्रोनबाट आक्रमण गर्‍यो !

एजेन्सी : शुक्रबार बिहान रुसले ५ सय वटा मिसाइल र ड्रोनले युक्रेनमाथि आक्रमण गरेको थियो। युक्रेनी राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले यी मध्ये २७० वटा मिसाइल हावामै खसालिएको दाबी गरेका छन्।

यसबाहेक ३३० वटा शाहेद ड्रोनहरू पनि थिए। यी मध्ये २०८ वटा ड्रोनहरू इलेक्ट्रोनिक प्रणाली मार्फत जाम गरिएका थिए। यी ड्रोनहरू इरानमा बनेका हुन्।

SHIKHAR COOL TECH

यस आक्रमणको सबैभन्दा ठूलो निशाना राजधानी किभ थियो। किभ बाहेक डिनिप्रो, सुमी, खार्किभ, चेर्निहिभ र वरपरका क्षेत्रहरूमा पनि क्षति पुगेको छ। किभका मेयर भिटाली क्लिट्स्कोले यस आक्रमणमा कम्तीमा २३ जना घाइते भएका र तीमध्ये १४ जनालाई अस्पताल भर्ना गर्नु परेको बताए।

यस आक्रमणले किभका धेरै क्षेत्रहरूमा अपार्टमेन्ट भवनहरू, पसलहरू, एउटा विद्यालय, एउटा अस्पताल, रेलवे लाइनहरू र अन्य महत्त्वपूर्ण संरचनाहरूमा क्षति पुर्‍यायो। किभ इन्डिपेन्डेन्टका अनुसार जुलाई ३ मा राति १० बजेदेखि विस्फोटको आवाज सुनिएको थियो र जुलाई ४ को बिहानसम्म जारी रह्यो। 

कल २४ न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । FacebookInstagram मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ । हाम्रो YouTube च्यानल पनि हेर्नु होला ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

CP
Ban karyalaya

सम्बन्धित समाचार