धनगढी : बहिरा सघं कैलालीको जिल्ला परियोजना सल्लाहकार समिति बैठक धनगढीमा सम्पन्न भएको छ । बैठकमा सहभागीहरुले सुनाई सम्बन्धी अपागंता भएका ब्यक्तीहरुलाई शिक्षा, स्वास्थ्य देखी सरंचनामा समेत बिभेद भएको गुनासो गरेका छन् । बहिरा सघं कैलालीका सदस्य नरेस कप्ड्यालले बहिरामैत्री कानुन र भौतिक संरचनाका कारण सुनाई सम्बन्धी अपागंता भएका ब्यक्तीहरुले सहजै सेवाहरु लिन नपाएको गुनासो गरे । सुदुरपश्चिममा राज्यको लगानी निकै कम देखिएको छ उनले भने “यहाँ साढे १० हजार भन्दा बढी सुनाई सम्बन्धी अपागंता भएका ब्यक्तीहरु छन्, कैलाली जिल्लामा मात्रै ३ हजार ५ सय सुनाई सम्बन्धी अपागंता भएका ब्यक्तीहरु रहेपनि उहाँहरुको क्षमता अभिबृद्धी सगैं समस्या सम्बोधनमा सरकार अग्रसर भइरहेको पाइएन ।”
बैठकका अध्यक्ष समेत रहेका बहिरा सघं कैलालीका सचिव बिजय साउदले यस परियोजनाबाट यो बर्ष शिक्षकहरुलाई साकेंतिक भाषा तालिम, बहिरा बिद्यार्थीहरुलाई कपाल काट्ने तालिम, सिलाई तालिम दिएको बताए । यसका साथै शैक्षिक, आर्थिक तथा सञ्चार क्षमता अभिबृद्धीका लागी परियोजनाले काम गरिरहेको उनले बताए । उनले धनगढी उपमहानगरपालिका ११ मा रहेको बहिरा आवासिय बिद्यालयकै आवश्यक्ता पुरा गर्न नसकिएको बताए ।
कक्षा ८ सम्म सो बिद्यालयमा पठन पाठन भइरहेको छ तर आवश्यक्ता अनुसार दोभाषे छैनन्, बिना तथालिमको शिक्षक समायोजन हुन्छन् अनी कसरी गुणस्तरिय शिक्षा दिने उनले भने “चित्रात्मक पुस्तिका, गृहकार्य पुस्तिका निर्माण तथा छपाइका लागी हामीसगं श्रोत छैन, सरकारबाट दिइने तालिममा बहिरालाई सहभागी नगराएकै कारण उहाँहरुको क्षमता बृद्धी गर्न सकिएको छैन, बहिरामैत्री कानुन छैन, पर्याप्त बजेट छैन त्यस कारण सोचे अनुसार बिद्यालय बनाउन सकिएको छैन र हरेक क्षेत्रमा दोभाषे नहुँदा स्वास्थ्यमा समेत पहुँच बढाउन सकिएको छैन ।”
यसका साथै स्थानिय तहबाट वितरण गरिने अपागंता परितचयपत्रमा समेत सुनाई सम्बन्धी अपागंता भएका ब्यक्तीहरु पछाडी परेको उनिहरु बताउँछन् । बैठकमा बोल्दै जिल्ला समन्वय समिति कैलालीका प्रमुख टिका चौधरी भुलले सरकारी कार्यक्रम लक्षित बर्ग केन्द्रित हुनुपर्ने बताइन् । लगायत सहभागी थिए । उनले सुनाई सम्बन्धी अपागंता भएका ब्यक्तीहरुका अधिकार सुनिश्चित गर्न स्थानिय तह र प्रदेश सरकारको ध्यान जानुपर्ने बताइन् ।
सुनाई सम्बन्धी अपागंता भएका ब्यक्तीहरुका लागी बिगतभन्दा केही कामहरु भएका छन् उनले भनिन् “सरकारी निकायबाट काम त भइरहेका छन् तर तिनको नतिजा आइरहेको छैन, यो खोजीको बिषय हो, हामीले दिएका तालिमको सदुपयोग गर्न सके मात्रै हाम्रो लगानीले प्रतिफल दिन्छ । त्यस कारण हामी लगानीका लागी मात्रै लगानी होइन प्रतिफल देखिने लगानी तर्फ केन्द्रित हुनुपर्छ ।” सुनाई सम्बन्धी अपागंता भएका ब्यक्तीहरुका लागी अहिले कक्षा ९ पछि निकै समस्या छ बाहिर जान, त्यस कारण दक्षिणकाली बिद्यालयको स्तरोन्नती गरी प्रादेशिक बिद्यालय बनाइनुपर्ने उनको भनाई थियो । उनले सबैको पढ्न पाउने अधिकार सुनिश्चित हुनुपर्ने बताइन् ।
कार्यक्रममा जिल्ला शिक्षा समन्वय कार्यालय कैलालीका प्रमुख प्रताप महरा, सामाजिक बिकास कार्यालय कैलालीका प्रमुख कुलराज सोती, धनगढी उपमहानगरपालिकाका सामाजिक बिकास अधिकृत टकं बिष्ट, रोजगार साखा प्रमुख चन्द्र महरा, आलेप अधिकृत योगेन्द्र चन्द लगायतको सहभागिता थियो ।
प्रतिक्रिया दनुहोस्