‘सबैको हाई हाई बन्न सकिँदैन’ भन्दै आईन एलिना

काठमाडौं : गायिका एलिना चौहानको नयाँ गीत ‘सबैको हाई हाई बन्न सकिँदैन’ सार्वजनिक भएको छ । रोमान्टिक शैलीमा तयार एलिनाकै जीवनसँग मेल खाने यो गीतमा शब्द, सङ्गीत कस्तुप पन्तको रहेको छ ।

रमेश सेन्चुरीको संगित संयोजन रहेको गीतको हरेक शब्द गायिका एलिनाले आफ्नै मनका भावना व्यक्त गरे झैँ लाग्छ । रोमान्टिक शैलीको यो गतिको शब्द भने मर्मस्पर्शी छन् ।

Seti Hospital

सारथी म्युजिक प्रालिले उत्पादन गरेको गीतको भिडियो आकर्षक बनेको छ । भिडियोमा स्मारिका ढकालको अभिनय छ । थुप्रै कोरस समेत प्रयोग भएको गीतको भिडियोको कोरियोग्राफी तथा निर्देशन काजिश श्रेष्ठले गरेका हुन् ।

भिडियोमा महेश महराको छायांकन र दीपक विष्टको सम्पादन छ । गीत सार्वजनिक भएको २४ घण्टा नबित्दै १ लाख ७४ बढिले हेरिसकेका छन् । गीतको टिकटक समेत धेरै बनिरहेका छन् ।

कल २४ न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । FacebookInstagram मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ । हाम्रो YouTube च्यानल पनि हेर्नु होला ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Pradesh
Ban karyalaya

समबन्धित समाचार