कञ्चनपुर पूर्ण खोप सुनिश्चितता तथा दिगोपना जिल्ला घोषणा

कञ्चनपुर : कञ्चनपुर जिल्लालाई पूर्ण खोप सुनिश्चितता तथा दिगोपना जिल्ला घोषणा गरिएको छ । १५ देखि ५९ महिनासम्मका सबै बालबालिकालाई १३ प्रकारका खोप लगाएको सुनिश्चित भएपछि जिल्लालाई पूर्ण खोप सुनिश्चितता जिल्ला घोषणा गरिएको स्वास्थ्य कार्यालय कञ्चनपुरले जनाएको छ । जिल्ला खोप समन्वय समितिले आयोजना गरेको कार्यक्रममा सुदूरपश्चिम प्रदेशका सामाजिक विकासमन्त्री मेघराज खडकाले बिहिवार कञ्चनपुर जिल्ला पूर्ण खोप सुनिश्चितता भएको घोषणा गर्नुभयो । खोप अभियानलाई पूर्णता दिइनुपर्ने र खोपबाट कोही पनि बञ्चित हुन नपर्ने मन्त्री खड्काले बताए ।

जिल्लामा २ सय २९ जना नियमित खोप लगाउन छुटेकालाई पनि खोप लगाएर जिल्लामा २३ हजार ९३ जना बालबालिकाले पूर्ण खोप पाएका छन् । राष्ट्रिय खोप तालिकाअनुसार १६ देखि ५९ महिनासम्मका बालबालिकालाई १३ वटा खोप प्रदान गरेपछि पुर्ण खोप सुनिश्चितता जिल्ला घोषणा गरिएको जिल्ला खोप समन्वय समितिका संयोजक दुर्गादत्त बोहराले बताए ।

Seti Hospital

यस वर्ष जेठ २३ गते बेदकोट नगरपालिकाबाट पूर्ण खोप सुनिश्चितता घोषणा गरी लाललाझाँडी गाउँपालिका , पुर्नवास, दोधारा चादँनी नगरपालिका हुँदै असार ६ गते भीमदत्त नगरपालिकामा पुगी नौं वटै पालिका घोषणा सकिएपछि पूर्ण खोप सुनिश्चितता जिल्ला घोषणा गरिएको स्वास्थ्य कार्यालयका प्रमुख ओम प्रकास जोशीले बताए । जिल्लामा १ सय ६८ खोप केन्द्रबाट बालबालिकाहरुलाई खोप लगाइएको उनले बताए ।

घोषणासँगै कार्यक्रमका सहभागीहरूले पूर्णखोप सुनिश्चतता तथा दिगोपनाका लागि प्रतिबद्धता पत्रमा हस्ताक्षरसमेत गरेका थिए । यस्तै, जिल्लालाई पूर्ण खोपयुक्त गर्ने अभियानमा सहयोग गरेको भन्दै खोप समन्वय समितिले उत्कृष्ट ९ जना स्वाथ्य कर्मीहरुलाई सम्मान गरेको छ । जिल्लाका नां वटै पालिकाबाट उत्कृष्ट खोप कार्यकतालाई प्रसंशा पत्रसहित जनही पाँच हजारका दरले पुरस्कार प्रदान गरिएको स्वास्थ्य कार्यालयले जनाएको छ । स्वास्थ्य कार्यालय कञ्चनपुरका अनुसार, स्वास्थ्यकर्मी गोमति कुवर धामी, माधवि साउद, डिलेश्वरि अवस्थी, देवकी अवस्थी, महेश तीवारी, बिनिता बोहरा, कल्पना थापा, सिता कुमारी राना र रुपा खत्रीलाई प्रमाणपत्र र नगदसहित सम्मानित गरिएको छ ।

यस वर्ष कञ्चनपुर सुदूरपश्चिममा तेस्रो पूर्ण खोप युक्त जिल्ला हो । सुदूरपश्चिम प्रदेशको डोटी र बाजुरालाई पूर्ण खोप घोषणा भएपछि कञ्चनपुरलाई पनि बिहिवार पूर्ण खोप सुनिश्चितता जिल्ला घोषणा गरिएको स्वास्थ्य कार्यालयले जनाएको छ ।

कल २४ न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । FacebookInstagram मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ । हाम्रो YouTube च्यानल पनि हेर्नु होला ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Pradesh
Ban karyalaya

समबन्धित समाचार