साहित्यकार लुहारलाई “माल महिम राम रत्ना” पुरुस्कार प्रदान गरिदैं !

बैतडी : साहित्यकार एवं शिक्षक विरुवा राम लुहार “माल महिम राम रत्ना” पुरुस्कारबाट सम्मानीत हुने भएका छन। गुगुल्डि वाङ्मय प्रतिष्ठान कञ्चनपुरको आठौं तथा गुगुल्डि साहित्यिक मासिक पत्रिकाको २८ औं बार्षिकोत्सवको अवसरमा लुहार सम्मानीत हुने भएका हुन।

यहि असार २४ गते गुगुल्डि वाङ्मय प्रतिष्ठानको २८ औं बार्षिकोत्सव मनाँईदैछ। बर्षिकोत्सव एवं पुरुस्कार र सम्मान प्रदान, कृत्रि बिमोचन तथा विविध सांस्कृतिक कार्यक्रमको अवसरमा बिभिन्न सर्जकहरुलाई सम्मान गरिने गुगुल्डि वाङ्मय प्रतिष्ठानका सचिव जगदिश ओझाले बताए।

Seti Hospital

लुहारसंगै सम्मानीत हुने अन्य सर्जकहरुमा डा टेकराज पन्त गुगुल्डि वाङ्मय सम्मानबाट, काशिदत्त भट्ट दिलानन्द देवकी डोटी रत्न पुरुस्कारबाट, खिमानन्द बडु राज्यलक्ष्मी प्रतिभा पुरुस्कारबाट, हेमन्ती जोशी गुगुल्डि न्वाकि मानपानबाट, मिना पन्त मनोहरी बसन्ती गजाधर स्मृति पुरुस्कारबाट सम्माती हुने जनाईएको छ। यसैगरी दिपसागर पन्त ग्वाल्लेक गौरव सम्मानबाट, पूर्ण बहादुर मल्ल डम्बरदत्त शर्मा स्मृति पुरुस्कारबाट र शिवराज कलौनी कौशल्या कुमारी देवी कर्णबहादुर स्मृति पुरुस्कारबाट सम्माीत हुने प्रतिष्ठानका अध्यक्ष विर बहादुर चन्द “विश्राम”ले बताए।

गुगुल्डि वाङ्मय प्रतिष्ठानको बार्षिकोत्सवको अवसरमा दुई कृत्रि बिमोचन पनि हुने भएका छन। बिष्णुदत्त भट्टको कालितोली र गोविन्दसिह बिष्ट “गोरेदाई”को शुभकामना कृत्रि बिमोचन हुने जनाईएको छ।

कार्यक्रम कञ्चनपुर उद्योग बाणिज्य सघंको सभाहलमा सञ्चालन हुने छ। डोटेली संस्कृतिप्रति आस्थांवान सबैलाई कार्यक्रममा उपस्थितिकिा लागि आमन्त्रण गरिएको छ।

कल २४ न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । FacebookInstagram मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ । हाम्रो YouTube च्यानल पनि हेर्नु होला ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Pradesh
Ban karyalaya

समबन्धित समाचार