वर्खा लागेसँगै बाजुराका स्थानीयलाई बाउली खोलाकै चिन्ता

धनगढी : बाजुराका स्थानीयलाई वर्खा लागेसँगै बाउली खोलाको चिन्ता हुने गरेको छ । असारदेखि भदौसम्म यो खोलामा पानीको बहाव बढेर वारपार गर्दा कयौँको ज्यान समेत जाने गरेकोले यहाँका स्थानीयलाई वर्खाको समय बाउली खोलाको चिन्ता हुने गरेको हो ।

मार्तडी बजारदेखि झण्डै एक किलो मिटरको दुरीमा पर्दछ बाउली खोला । वर्खाको समय यो खोलामा पानीको बहाव निकै बढ्ने गर्दछ । पानीको बहाव बढ्ने भएकोले यहाँका स्थानीयलाई वर्खाको समय सँधै खोला कसरी तर्ने भन्ने चिन्ता हुने गरेको यहाँका स्थानीयवासी बताउँछन् ।

SHIKHAR COOL TECH

जिल्लाको पूर्वी उत्तर क्षेत्रमा रहेका बुढीनन्दा, स्वामिकार्तिक खापर, हिमाली र जगनाथ लगायतका स्थानीयवासी सरकारी काम काजका लागि सदरमुकाम मार्तडी आउँदा यसै खोला तर्ने गरेका छन् ।

त्यति मात्र होइन यो खोला मार्तडी कोटी सडकमा पर्ने गरेकोले यहाँ हुम्ला जुम्ला कालिकोट मुगु लगायतका स्थानीय समेत यसै बाटोमा आउने जाने गर्दछन् । तर यो खोलामा पक्की पुल भने अझै निर्माण हुन सकेको छैन । यहाँ पक्की पुल निर्माण गर्न लागेको झण्डै दुई चार वर्षभन्दा बढी समय भएपनि अझै निर्माणको काम भने सम्पन्न हुन सकेको छैन ।

खोलामा पुल नहुँदा यहाँ स्थानीयलाई भने वर्खाको समय सधै सास्ती खेप्दै आउनुपरेको छ । हिउँदमा पोरखेगडीमा हिउँले हिलामे सडक भएर अवरुद्ध हुने र वर्खामा बाउली र अनाई बाउलीमा पानीको बहाव बढी भएर गाडी रोकिने गरेका कारण यहाँका स्थानीयबासीलाई सधै सास्ती खेप्दै आउनुपरेको हो।

बाउलीमा खोलामा निर्माण हुन थालेको पुल समयमै सम्पन्न भएको भए वर्खाको समय हामीलाई मार्तडीदेखि दानसाँगुसम्म गाडी चलाउन निकै सहज हुने जीप चालक रामबहादुर कार्कीले बताए ।

उनले भने, “हिउँदको महिना मार्तडीदेखि कोल्टीसम्म राम्रोसँग जीप चलाउने गरेका थियौँ । अहिले बाउली र दानसाँगु खोलामा पानीको बहाव बढी रहेकोले त्यो खोलामा गाडी हाल्न सड लाग्ने गरेको छ ।”

बाउली दानसाँगु खोलामा पक्की पुल निर्माण नहुँदा वर्खाको समय गाडी मार्तडीमा रोक्नु पर्ने अवस्था आएको कार्कीले बताए । यता बाउली खोलामा झण्डै पाँच करोडमा पुलको ठेका भएर काम भइरहेको सडक डिभिजन कार्यालय अछामका सुचना अधिकारी इन्जिनियर सुभाष साहले बर्ताए।

मार्तडी कोल्टी सडकको मुख्य समस्या भनेको बाउली खोला हो । यसमा पुल नहुँदा वर्खाके समय यहाँका स्थानीयलाई आउजाउमा समस्या हुने गरेको प्रमुख जिल्ला अधिकारी मेघनाथ पाध्याले बताए ।

उनले भने, “यहाँको सडक र पुल निर्माणको हालत उस्तै छ । जिम्मा लिएको काम समयमै नगर्ने ठेकेदार कम्पनीका लाग्दा यहाँका स्थानीयहरुले सडक तथा पुलको अभावमा सधै सास्ती खेप्दै आउनु परेको हो ।”

बाउली खोलामा पुल निर्माणका लागि धेरै पठक ठेकेदार कम्पनीलाई पुल चाँडो निर्माण गर्न भनेका थियौ । तर भएन । अहिले यसका लागि फेरि सडक डिभिजन कार्यालय अछामलाई समेत पत्र पठाएको पाध्याले बताए ।

कल २४ न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । FacebookInstagram मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ । हाम्रो YouTube च्यानल पनि हेर्नु होला ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

CP
Ban karyalaya

सम्बन्धित समाचार