प्रदेश सरकारले बिना बिल–बिना सम्झौता मिडियाका खातामा रकम खन्याउँदै

भक्तराज जोशी

धनगढी — सुदूरपश्चिम प्रदेश सरकारले मिडियालाई लाखौं रुपैयाँ रकम बिना कुनै बिल र सम्झौताका खातामा जम्मा गरिरहेको खुलासा भएको छ।

प्रदेश सरकारको आर्थिक मामिला मन्त्रालयले हालै मात्र धनगढीस्थित पश्चिम टुडे मिडिया हाउसको खातामा ३ लाख ३४ हजार रुपैयाँ जम्मा गरेको पाइयो। अझ अचम्मको कुरा, सो मिडिया हाउसका अध्यक्ष दीर्घराज उपाध्यायका अनुसार न त कुनै बिल पेश गरिएको थियो, न कुनै माग राखिएको थियो। “कसरी र के प्रयोजनका लागि प्रदेश सरकारले यो रकम पठायो, मलाई नै थाहा छैन,” उपाध्यायले बताए।

SHIKHAR COOL TECH

पश्चिम टुडेका खातामा रकम पुगेपछि खोजी गर्दा मन्त्रालयले भन्यो— यो रकम अर्कै मिडियालाई दिने योजना थियो, तर गल्तीले अर्को मिडियाको खातामा पुगेको हो!

आर्थिक वर्षको अन्त्यमा यसरी ‘मिडियाका नाममा रकम बाँडफाँड’ हुनुले सुदूरपश्चिम प्रदेश सरकारको खर्च र अनियमिततामाथि गम्भीर प्रश्न उठाएको छ। विज्ञहरू भन्छन्— सार्वजनिक निकायले कुनै सम्झौता र बिलबिना सार्वजनिक पैसा यसरी वितरण गर्नु दण्डनीय अपराध हो।

कल २४ न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । FacebookInstagram मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ । हाम्रो YouTube च्यानल पनि हेर्नु होला ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

CP
Ban karyalaya

सम्बन्धित समाचार