बैतडीका चार विद्यालयमा एसइईको नतिजा शून्य

बैतडी : माध्यमिक शिक्षा परीक्षा (एसइई)को नतिजामा बैतडी जिल्लाका चार विद्यालयले नतिजा शून्य आएको छ। शिक्षा विकास तथा समन्वय एकाइ बैतडीका अनुसार जिल्लाका १३३ सामुदायिक तथा संस्थागत विद्यालयहरूमध्ये चार विद्यालयको नतिजा शून्य रहेको हो।

पुर्चौंडी नगरपालिकास्थित महादेव माध्यमिक विद्यालय त्रिकाली, शिवनाथ गाउँपालिकाको उदय माध्यमिक विद्यालय कफाडी, शिवपूर्ण माध्यमिक विद्यालय र दशरथचन्द नगरपालिकाको सरस्वती संस्कृत माध्यमिक विद्यालयको परीक्षाफल शून्य आएको छ। सरस्वती संस्कृत माविले अघिल्लो वर्ष पनि शून्य नतिजा हासिल गरेको थियो।

यस वर्ष जिल्लाबाट चार हजार ३०७ जना परीक्षार्थीले एसइईका लागि फारम भरेका थिए। तीमध्ये ८९ जना अनुपस्थित रहे भने चार हजार दुई सय १८ जना परीक्षामा सहभागी भएका थिए। परीक्षामा सहभागी भएकामध्ये ५२.२९ प्रतिशत विद्यार्थी मात्रै उत्तीर्ण भएका छन्।

शिक्षा विकास तथा समन्वय एकाइ बैतडीका सूचना अधिकारी पुष्कर शर्माले अघिल्लो वर्ष जिल्लाका १८ विद्यालयको नतिजा शून्य रहेकोमा यसपटक नतिजामा केही सुधार आएको बताए। शिक्षा क्षेत्रको समग्र सुधारका लागि स्थानीय तह, विद्यालय प्रशासन, अभिभावक तथा विद्यार्थीबिच थप समन्वय र सक्रियता आवश्यक देखिएको छ। संस्कृत शिक्षा प्रवाह गर्ने विद्यालयले समेत दोहोरो शून्य नतिजा ल्याएको प्रसङ्ग शिक्षा नीतिको पुनरवलोकन र विद्यालय सञ्चालनको अनुगमनमा जोड दिनुपर्ने सङ्केत हो।

विद्यार्थीहरूको गुणस्तरीय शिक्षामा पहुँच, सिकाइ सुधार, शिक्षकको जिम्मेवारी तथा विद्यालय व्यवस्थापनको प्रभावकारितामाथि विशेष ध्यान नदिँदा यस्ता परिणाम दोहोरिन सक्छ ।

कल २४ न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । FacebookInstagram मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ । हाम्रो YouTube च्यानल पनि हेर्नु होला ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

100%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

CP
Ban karyalaya

सम्बन्धित समाचार