बेङ्गलोर पठाइदिन्छु भनेर टिकट काट्ने व्यक्ति फरार भएपछि यात्रु धनगढीमा अलपत्र

धनगढी : दुर्गा भवानी टुर एण्ड ट्राभल्सको टिकट काटेर टिकट काट्ने व्यक्ति फरार भएपछि धनगढीमा यात्रु अलपत्र भएका छन्। धनगढीबाट ब्याङ्गलोरका लागि दुर्गा भवानी टुर एण्ड ट्राभल्सकोको टिकट काटेर टिकट काट्ने व्यक्ति दिनेश बोहरा फरार हुँदा बझाङका १० जना युवा धनगढीमा अलपत्र परेका छन्।

टिकट काटेर मेरो होटल हो भनी यात्रुहरूलाई यहाँ बस्नुस् भन्दै लिएको तर होटल समेत अर्कैको भएपछि यात्रुहरूले आफू ठगिएको थाहा भएको बताएका छन् । टिकट काटेर गाडी नम्बर समेत हालेर ल्याउँछु भन्दै गएको मान्छे बिहान ७ बजेदेखि फरार रहँदा अलपत्र यात्रुहरू प्रहरीको सम्पर्कमा पुगेका हुन्।

१० जनाको टिकट काटेर दुर्गा भवानी टुर एण्ड ट्राभल्सका दिनेश बोहरा नामका व्यक्ति फरार रहेका छन्। प्रहरीले खोजी कार्य जारी रहेकाले नियन्त्रणमा लिएर यात्रुहरूको व्यवस्थापनसँगै उपयुक्त कारबाही हुने समेत जानकारी दिए। यात्रुहरूलाई भने आजको लागि दिनेश बोहराले नै लगेको होटलमा खाने बस्ने व्यवस्था मिलाइएको छ।

कल २४ न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । FacebookInstagram मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ । हाम्रो YouTube च्यानल पनि हेर्नु होला ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

CP
Ban karyalaya

सम्बन्धित समाचार