के.आई.सिंह गाउँपालिकामा शिक्षा संकट : ७५% भन्दा बढी विद्यार्थी एसईईमा असफल

डोटी — डोटीको के.आई.सिंह गाउँपालिकामा यस वर्षको माध्यमिक शिक्षा परीक्षा (एसईई) को नतिजा अत्यन्तै कमजोर देखिएको छ। गाउँपालिकाभित्रका १० वटा विद्यालयबाट परीक्षामा सहभागी भएका २८१ विद्यार्थीमध्ये जम्मा ६८ जना मात्र उत्तीर्ण भएका छन्। औसत उत्तीर्ण प्रतिशत २३.८५ मात्र रहेकाले स्थानीय तहको शिक्षा व्यवस्थापन र जिम्मेवारीमाथि गम्भीर प्रश्न उठेको छ।

सबैभन्दा कमजोर नतिजा छत्रेश्वर माध्यमिक विद्यालयले देखाएको छ, जहाँ ११ जना विद्यार्थीमध्ये केवल १ जनाले मात्र परीक्षा पास गरेका छन्। त्यस्तै, श्री इन्द्र मावि लेकगडामा ३८ जना सहभागीमध्ये ४ जना मात्र सफल भएका छन्। श्री मोहुन्यालमाण्डौ माविमा १३ जना मध्ये २ जना, वासुदेव माविमा २८ मध्ये ६ जना, झिमेमालिका माविमा ५१ मध्ये ११ जना र भुमीराज माविमा ३४ मध्ये ७ जना विद्यार्थी उत्तीर्ण भएका छन्।

Seti Hospital

देवस्थल माविमा २९ मध्ये ६ जना र भुवनेश्वरी माविमा १० जना मध्ये ३ जनाले मात्र सफलता प्राप्त गरे। निजी विद्यालय नवदीप बिद्यानिकेतनमा १८ जना विद्यार्थीमध्ये ७ जना सफल भए। सबैभन्दा राम्रो नतिजा सरस्वती मावि राणागाउँको रह्यो, जहाँ ४९ विद्यार्थीमध्ये २१ जनाले एसईई पास गरेका छन्।

शिक्षा क्षेत्रका विज्ञहरूका अनुसार कमजोर नतिजाका पछाडि विद्यालय प्रशासनको कमजोरी, शिक्षकमाथिको न्यून निगरानी, विद्यार्थीको नियमित पठनपाठनमा कमी, अभिभावकहरूको बेवास्ता र स्थानीय सरकारको शिक्षा नीति कार्यान्वयनमा कमजोरी मुख्य कारणका रूपमा देखिएका छन्।

शिक्षाको गुणस्तर सुधारका लागि अब गाउँपालिकाले विशेष पहल गर्नुपर्ने आवश्यकता देखिएको छ। कमजोर विद्यालयमा सुधार कार्यक्रम सञ्चालन गर्ने, शिक्षकको उपस्थिति र शिक्षण पद्धतिमा सुधार ल्याउने, विद्यार्थी लक्षित कार्यक्रम सञ्चालन गर्ने र अभिभावकको भूमिकालाई सशक्त बनाउनेतर्फ ध्यान केन्द्रित नगरेसम्म यस्तो परिणाम दोहोरिने चेतावनी सरोकारवालाहरूले दिएका छन्। स्थानीय सरकार, विद्यालय, शिक्षक, अभिभावक र विद्यार्थी सबैको सामूहिक प्रयास विना शिक्षा क्षेत्रको सुधार सम्भव नहुने स्पष्ट भएको छ।

कल २४ न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । FacebookInstagram मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ । हाम्रो YouTube च्यानल पनि हेर्नु होला ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

100%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Pradesh
Ban karyalaya

समबन्धित समाचार