यूएईले गर्‍यो उड्ने ट्याक्सीको सफल परीक्षण, अर्को वर्षदेखि बजारमा आउने

एजेन्सी : युनाइटेड अरब इमिरेट्सले उड्ने ट्याक्सीको सफल उडान परीक्षण गरेको छ । शहरका भीडभाडमा जामबाट बच्नका लागि यो ट्याक्सी उपयोगी हुने बताइएको छ ।

जोबी एभिएशनले सोमवार यस ट्याक्सीको उडान परीक्षण गरेको हो । मार्गाममा रहेको दुबई जेटम्यान हेलिप्याड र दुबई अल आइन रोडमा यो परीक्षण गरिएको हो ।

Seti Hospital

दुबईका युवराज मोहम्मद बिन राशिद अल मक्तुमले दुबईलाई नवप्रवर्तन तथा अत्याधुनिक पूर्वाधारको विश्वव्यापी केन्द्र बनाउन खोजिएको र फ्लाइङ ट्याक्सी त्यसतर्फको कदम भएको बताए ।

यसले दूरीहरू छोट्याउने र दुबईको जीवनस्तर उकास्ने उनको भनाइ छ । यसले दिगो एवं वातावरणमैत्री शहरी आवागमनलाई पुनर्परिभाषित गर्ने उनले बताए ।

दुबई अन्तर्राष्ट्रिय विमानस्थलबाट पाम जुमेरा पुग्न कारमा ४५ मिनेट लाग्ने गरेकोमा फ्लाइङ ट्याक्सीले जम्मा १२ मिनेटमा पुर्‍याइदिन्छ ।

जोबी एभिएशनका अध्यक्ष दिदिएर पापादोपुलोसले ब्याट्रीबाट चल्ने फ्लाइङ ट्रयाक्सीमा एक चालक र चार यात्रु बस्न मिल्ने जानकारी दिए । यससँग ३२० किलोमिटर प्रतिघन्टाको गतिमा उड्न सक्ने र ४५० किलोसम्मको भार बोक्न सक्ने क्षमता छ ।
परम्परागत हेलिकप्टरको तुलनामा यो १०० गुणा कम आवाज निकाल्छ । सन् २०२६ को मध्यतिरबाट यो फ्लाइङ ट्याक्सी बजारमा आउने बताइएको छ ।

कल २४ न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । FacebookInstagram मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ । हाम्रो YouTube च्यानल पनि हेर्नु होला ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Pradesh
Ban karyalaya

समबन्धित समाचार