धनगढीमा करेन्ट लागेर एक महिलाको मृत्यु

धनगढी : कैलालीको धनगढीमा करेन्ट लागेर महिलाको मृत्यु भएको छ। जिल्लाको धनगढी उपमहानगरपालिका–१४ डि–गाउँकी ३० वर्षीया रुपा चौधरीको करेन्ट लागेर मृत्यु भएको हो।

सोमवार घरमा लुगा सुकाउने क्रममा बिजुलीको तारमा छुन गएपनि उनलाई करेन्ट लागेको थियो। करेन्ट लागेर गम्भीर घाइते भएकी चौधरीको कैलाली अस्पताल, धनगढीमा उपचारका क्रममा मृत्यु भएको हो। घटनाको विषयमा अनुसन्धान जारी रहेको नेपाल प्रहरीले बताएको छ।

कल २४ न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । FacebookInstagram मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ । हाम्रो YouTube च्यानल पनि हेर्नु होला ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

CP
Ban karyalaya

सम्बन्धित समाचार