थाइल्यान्डकी प्रधानमन्त्री शिनावात्रा निलम्बित

काठमाडौं : थाइल्यान्डकी प्रधानमन्त्री पेटोङटार्न शिनावात्रा निलम्बनमा परेकी छन् । कम्बोडियासँगको कूटनीतिक विवादमा उहाँको आचरणको बारेमा छानबिन शुरू गर्दै थाइल्यान्डको संवैधानिक अदालतले निलम्बन गरेको हो ।

कम्बोडियासँग लामो समयदेखि चलिरहेको क्षेत्रीय विवाद मे महिनामा सीमापार झडपमा परिणत हुँदा एक कम्बोडियाली सैनिकको ज्यान गएको थियो । यही तनावबारेमा छलफल गर्न थाइल्यान्डकी प्रधानमन्त्री शिनवात्राले कम्बोडियाका पूर्वनेता हुन सेनलाई फोन गरेको थियो । त्यस बेला शिनावात्राले सेनलाई काका भनेर सम्बोधन गर्दै एक थाई सैन्य कमान्डरलाई आफ्नो ‘प्रतिद्वन्द्वी’ भनेर उल्लेख गरेको अडियो सार्वजनिक भएको छ ।

Seti Hospital

थाइल्यान्डका रूढीवादी सांसदहरूले यही फोनवार्तालाई लिएर प्रधानमन्त्री कम्बोडिया सामु झुकेको र सेनालाई कमजोर बनाएको आरोप लगाएका छन् । यो विषय संवैधानिक अदालतमा पुगेपछि अदालतले आजैदेखि लागू हुने गरी अन्तिम निर्णय नआउञ्जेलका लागि शिनावात्रालाई प्रधानमन्त्रीको जिम्मेवारीबाट निलम्बन गरेको बीबीसीले जनाएको छ ।

थाइल्यान्डको राजनीति वर्षौंदेखि रूढीवादी, सैन्य समर्थक, शाही समर्थक अभिजात वर्ग र शिनावात्रा परिवारबीचको सङ्घर्षले हावी भएको छ । शिनावात्रा परिवारलाई रूढीवादी, सैन्य समर्थक र शाही समर्थक अभिजात वर्गले थाइल्यान्डको परम्परागत सामाजिक व्यवस्थाका लागि खतरा मान्छन् ।

बुबा एवम् पूर्वप्रधानमन्त्री थाक्सिन शिनावात्राले शाही मानहानिको आरोपमा फौजदारी अदालतको सामना गर्नुपरेको दिन नै प्रधानमन्त्री ३८ वर्षीया पेटोङटार्न पनि निलम्बित भएकी हुन् ।

कल २४ न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । FacebookInstagram मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ । हाम्रो YouTube च्यानल पनि हेर्नु होला ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Pradesh
Ban karyalaya

समबन्धित समाचार