डडेल्धुराका ७ विद्यालयको एसईई नतिजा शून्य

बैतडी : डडेल्धुराका ७ विद्यालयको माध्यमिक शिक्षा परीक्षा (एसईई) २०८१ को नतिजा शून्य आएको छ। राष्ट्रिय परीक्षा बोर्डले शुक्रबार साँझ सार्वजनिक गरेको एसईईको नतिजाअनुसार जिल्लाका दुई नमूनासहित ७ विद्यालय नील भएका हुन्।

शून्य नतिजा ल्याउनेमा सबैभन्दा बढी भागेश्वर गाउँपालिकाका तीन विद्यालय रहेका छन्। शिक्षा विकास तथा समन्वय इकाइ डडेल्धुराका अनुसार भागेश्वर गाउँपालिकाको सरस्वती नमूना मावि बोगटा, कैलपाल मावि पत्रम र कैलपाल मावि पन्युट नील भएका छन्।

Seti Hospital

यसैगरी अमरगढी नगरपालिकाका दुई तथा अजयमेरु गाउँपालिकाका र परशुराम नगरपालिकाका एकरएक विद्यालयको नतिजा पनि शून्य आएको छ। अमरगढी नगरपालिकाको महेन्द्र माध्यमिक विद्यालयको खुलातर्फ र उग्रतारा वेद विद्या आश्रम नील भएको शिक्षा विकास तथा समन्वय इकाइ डडेल्धुराका प्रमुख खडकबहादुर महताले जानकारी दिए।

उनका अनुसार अजयमेरु गाउँपालिकाको बालकल्याण नमूना मावि पुइलेक ९साधारणधार० तर्फ र परशुराम नगरपालिकाको वैजनाथ मावि सलेता पनि नील भएका छन्। समग्र जिल्लामा एसईईमा २७।५१ प्रतिशत विद्यार्थी मात्रै उत्तीर्ण भएका छन्।

हेर्नुस् जिल्लाका कुन विद्यालयका कति विद्यार्थी उत्तीर्ण भए–

कल २४ न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । FacebookInstagram मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ । हाम्रो YouTube च्यानल पनि हेर्नु होला ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Pradesh
Ban karyalaya

समबन्धित समाचार