नेप्से २९ अंकले बढ्यो, सात अर्ब ३३ करोडको कारोबार


काठमाडौं :
नेपाल स्टक एक्सचेन्ज (नेप्से) २९ अंकले बढेको छ । मंगलबार बजार २८.९१ अंकले बढेको हो । यससँगै बजार मापक २,६६०.३९ विन्दुमा कायम छ । बजार बढ्दा २१७ कम्पनीको सेयरमूल्य बढ्यो । यस्तै, ३१ कम्पनीको सेयरमूल्य घटेको छ ।

साताको तेस्रो कारोबारको दिन सात अर्ब ३३ करोड रुपैयाँ बराबरको सेयर खरिदबिक्री भएको छ । एक करोड ५७ लाख ६४ हजार कित्ता सेयर ७० हजार पटकमा खरिदबिक्री भएको थियो ।

Seti Hospital

सामुदायिक लघुवित्त, ङादी हाइड्रोपावर, बरुण हाइड्रो, राप्ती हाइड्रो, सर्पोट माइक्रो फाइनन्स उच्च कारोबार गर्ने शीर्ष पाँच कम्पनी रहे ।

युनिलिभर नेपाल, सनराइज म्युचअल फन्ड, गार्डियन माइक्रो फाइनान्स, नेपाल माइक्रोफाइनान्स, सिन्धु विकास बैंक उच्च गुमाउने शीर्ष पाँच कम्पनी रहे । समूहतर्फ म्यान्युफ्यक्चरिङ एन्ड प्रोसेसिङ र ट्रेडिङ इन्डेक्स घट्दा बाँकी ११ समूह हरियो रहे ।

कल २४ न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । FacebookInstagram मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ । हाम्रो YouTube च्यानल पनि हेर्नु होला ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Pradesh
Ban karyalaya

समबन्धित समाचार