रौनक बने सर्वाधिक व्यक्तिगत स्कोर बनाउने नेपाली खेलाडी

काठमाडौं : नेपाली यू-१६ क्रिकेट टोलीका ब्याटर रौनक श्रीवास्तवले ५० ओभरको खेलमा सबैभन्दा उच्च व्यक्तिगत स्कोर बनाउने नेपाली खेलाडीको कीर्तमान बनाएका छन् ।

रौनकले मंगलबार भएको भुटानसँगको खेलमा उक्त कीर्तिमान बनाएका हुन् । उनले १३२ बलमा १६ चौका र ५ छक्कासहित १६८ रन बनाएका थिए ।

Seti Hospital

नेपाली खेलाडीले ५०-ओभर (एकदिवसीय) क्रिकेटको कुनैपनि प्रतियोगितामा बनाएको यो सर्वाधिक व्यक्तिगत स्कोर हो ।

यसअघि सन् २०२३ अक्टोबरमा भएको एसीसी यू-१९ प्रिमियर कपमा अर्जुन कुमालले साउदी अरेबियाविरुद्ध १४३ रन बनाएका थिए ।

रौनकले यसअघि इन्डोनेसियासँगको खेलमा ८८ रन बनाउँदै शतकबाट १२ रनले चुकेका थिए । त्यस्तै जापानसँग ब्याटिङ नगरेका उनले सिंगापुरसँग ४० रन बनाएका थिए ।

नेपालमा गत महिना भएको यू-१६ राष्ट्रिय क्रिकेटमा लुम्बिनी प्रदेशबाट खेल्दै उनले गण्डकी प्रदेशविरुद्ध दोहोरो शतक पनि बनाएका थिए ।

रौनक श्रीवास्तवको शानदार शतकपछि बलरहरूको शानदार प्रदर्शनमा नेपालले समूह चरणको अन्तिम खेलमा भुटानमाथि फराकिलो जित निकालेको छ । नेपालले अब सेमिफाइनलमा मलेसियासँग खेल्ने छ ।

कल २४ न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । FacebookInstagram मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ । हाम्रो YouTube च्यानल पनि हेर्नु होला ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

100%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Pradesh
Ban karyalaya

समबन्धित समाचार