काठमाडौं : नेपाली बजारमा मंगलबार सुनको मूल्य बढेको छ । सुनको मूल्य तोलामा २४ सय रुपैयाँले बढेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।
यस दिन छापावाल सुनको मूल्य तोलाको एक लाख ९० हजार ५०० रुपैयाँ कायम छ । सोमबार (असार १६) छापावाल सुन प्रतितोला एक लाख ८८ हजार १०० रुपैयाँमा किनबेच भएको थियो ।
चाँदीको मूल्य पनि तोलामा पाँच रुपैयाँले बढेको छ । चाँदी प्रतितोला दुई हजार १५५ रुपैयाँमा खरिद–बिक्री भइरहेको महासंघले जनाएको छ । सोमबार चाँदी प्रतितोला दुई हजार १५० रुपैयाँमा कारोबार भएको थियो ।
प्रतिक्रिया दनुहोस्