ट्रेलरमा यस्तो देखियो ‘यो मन त मेरो नेपाली हो’

काठमाडौँ : २७ असारबाट सार्वजनिक प्रदर्शनमा आउने फिल्म ‘यो मन त मेरो नेपाली हो’ काे ट्रेलर सार्वजनिक गरिएको छ । निर्माण युनिटले शुक्रबार राजधानीमा एक कार्यक्रम गर्दै ट्रेलर सार्वजनिक गरिएको हो ।

ट्रेलरमा फिल्मका मुख्य कलाकार रोशन श्रेष्ठ, विजय बराल, आयुशा समाल, बुद्धि तामाङ लगायत देखिएका छन् । ट्रेलरमा नेपाली भाषा, कला, संस्कृति जोगाउन कलाकारकाले गरेको सङ्घर्ष समेटेको छ ।

Seti Hospital

नर प्रधान ‘मित्र’ निर्देशित फिल्ममा भुटानबाट लखेटिएका नेपालीभाषीको शरणार्थी अमेरिका पुगेपछि आफ्नो भाषासंस्कृतिका लागि गर्ने संघर्षको कथामा बनेको हो ।

कार्यक्रममा निर्देशक प्रधानले नयाँपुस्तालाई नेपाली भाषा, संस्कार र संस्कृतिबारे ज्ञान दिने र यसको संरक्षण गर्न फिल्म बनाएका बताए । उनले ‘यो मन त मेरो नेपाली हो’  राष्ट्र प्रेमले ओतप्रोत फिल्म भएको जानकारी दिए ।

अभिनेत्री आयुशा समालले फिल्म अभिनयबाट नेपाली भाषा, संस्कृतिको बारेमा अझ धेरै जानकार भएको बताइन् ।

अभिनेता रोशन श्रेष्ठले फिल्म दर्शकको रुचिलाई  ध्यानमा राखेर निर्माण भएको दाबी गरे । उनले फिल्मले दर्शकलाई मनोरञ्जनको अलावा राष्ट्रियताको बारेमा पनि जानकारी दिने बताए ।

ज्ञानबहादुर प्रधान यसका निर्माता रहेको फिल्मको पटकथा र संवाद शिवम अधिकारीले लेखेका हुन् । फिल्ममा रोशन श्रेष्ठ, विजय बराल, आयुशा समाल, विल्सनविक्रम राई, बुद्धि तामाङ लगायतको अभिनय छ । फिल्म अमेरिकाको केही स्थानमा प्रदर्शन भैसकेको छ ।

कल २४ न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । FacebookInstagram मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ । हाम्रो YouTube च्यानल पनि हेर्नु होला ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Pradesh
Ban karyalaya

सम्बन्धित समाचार