गायिका समीक्षा अधिकारीको आक्रोश : “महेश बस्नेतको स्ट्याटसले मेरो चरित्र हत्या भयो”

काठमाडौँ : गायिका समीक्षा अधिकारीले नेकपा एमालेका नेता महेश बस्नेतले कुनै घटनाबाट आफूलाई चोख्याउन आफ्नो चरित्र हत्या हुने गरी फेसबुक स्ट्याटस लेखेको आरोप लगाएकी छन् । गायिका अधिकारीले शनिबार सामाजिक सञ्जाल फेसबुकमा लेख्दै नेता बस्नेतको लेखाइले आफू अत्यन्त विक्षिप्त बनेको बताएकी छन् । 

उनले प्रधानमन्त्री केपी शर्मा ओलीले लेख्नुभएको फेसबुक पोस्टले हौसला दिएको र केही मात्रामा राहत मिलेको तर प्रधानमन्त्रीकै विश्वास पात्र बस्नेतले लेखेको पोस्टले आफूलाई विज्ञप्ति बनाएको बताएकी छन् ।

Seti Hospital

गायिका अधिकारीले लेखेकी छन्- ‘सम्माननीय प्रधानमन्त्रीज्यू, हजुरले लेख्नुभएको फेसबुक पोस्टले मलाई हौसला दियो र केही मात्रामा राहत पनि मिल्यो। तर त्यो पोस्टको मसी सुक्न नपाउँदै, हजुरकै अत्यन्त विश्वास पात्र महेश बस्नेतज्यूले कुनै घटनाबाट आफूलाई चोख्याउन मेरो चरित्र हत्या हुने गरी अनेक कुरा लेख्नुभएको देख्दा म अत्यन्त विक्षिप्त बनेकी छु।’

गायिका अधिकारीले जनताको अदालतभन्दा ठुलो अरू केही नभएको बताउँदै जिन्दगीमा जानाजान हारेर पनि कसैलाई जिताएर आएको कुरा तीन करोड जनतालाई थाहा भएको र धेरै भन्ने नपार्न समेत नेता बस्नेतलाई चेतावनी दिएकी छन् । 

उनले बस्नेतलाई प्रश्न गर्दै भनेकी छन्- ‘बस्नेत ज्यूलाई मेरो प्रश्न छ, मलाई र हजुरकी डाक्टर छोरी एकै ठाउँमा राखेर सोच्नुभएको भए के यस्तो लेख्ने हिम्मत आउँथ्यो…..?’   बस्नेतले शुक्रबार आफू विरुद्धको प्रकरणबारे फेसबुकमा स्ट्याटस लेख्ने क्रममा गायिका अधिकारीको प्रसङ्ग समेत जोडेका थिए । 

कल २४ न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । FacebookInstagram मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ । हाम्रो YouTube च्यानल पनि हेर्नु होला ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Pradesh
Ban karyalaya

सम्बन्धित समाचार