नेपालको अध्यागमन अमेरिकाको कालोसूचीमा पर्ने जोखिम

काठमाडौं : नेपालको अध्यागमनलाई अमेरिकाले कालोसूचीमा राख्ने जोखिम बढेको छ । नेपालको अध्यागमनबाट कालोसूचीमा रहेका व्यक्तिहरु समेत अमेरिका पुगेको खुलेपछि यस्तो जोखिम बढेको हो ।

नेपालका लागि अमेरिकी राजदूत डिन आर थम्सनले सोमबार मुख्यसचिवसँगको विषयमा यस्तो विषय उठाएका छन् । अध्यागमन कर्मचारीकै मिलेमतोमा अपराधमा संलग्न भारतीयहरु अमेरिका गएको खुलेपछि अमेरिकाले यस्तो चासो राखेको हो । भेटमा अध्यागमनलाई सुदृढीकरण गर्न राजदूतले आग्रह गरेका छन् । कालोसूचीमा परे नेपालबाट अमेरिकामा जाने नेपालीहरूलाई समस्यामा पर्ने अवस्था छ ।

Galaxy

सहसचिव तिर्थराज भट्टराईसमेतको मिलेतोमा अध्यागमनबाट भिजिट भिसामा मानवतस्करीका साथै अपराधीक पृष्ठभुमीका व्यक्तिहरु समेत विदेश उडेका थिए। अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सहसचिव भट्टराईको मोबाइल लगायत डिभाइस बरामद गरी अनुसन्धान गरिरहेको छ । गृहमन्त्री रमेश लेखकको समेत संरक्षणमा अध्यागमनबाट यसरी सेटिङ मौलाएको आरोप लाग्दै आएको छ।

कल २४ न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । FacebookInstagram मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ । हाम्रो YouTube च्यानल पनि हेर्नु होला ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Pradesh
Ban karyalaya

सम्बन्धित समाचार