धनगढी : कैलालीमा झण्डै पौने तीन किलो लागुऔषधसहित तीन जना पक्राउ परेका छन् । जिल्लाको घोडाघोडी नगरपालिका– १ सुखड स्थित पञ्चकोशी होटल एण्ड रेष्टुरेण्टबाट दुई किलो ७१४ ग्राम अफिमसहित हुम्लाको सुर्केगाड गाउँपालिका– ५ बस्ने ३२ वर्षीय लोकेन्द्रबहादुर शाही, सोही ठाउँका २७ वर्षीय सालु शाही र रोल्पाको सुनछहारी गाउँपालिका– ७ बस्ने ३२ वर्षीया पुर्णिमा पुनमगर पक्राउ परेका हुन् ।
जिल्ला प्रहरी कार्यालय कैलालीका प्रहरी नायब उपरीक्षक राजकुमार सिंहले लागुऔषध नियन्त्रण ब्यूरो र इलाका प्रहरी कार्यालय सुखडबाट प्रहरी नायब उपरीक्षक रमेशदत्त अवस्थीको कमाण्डमा खटिगएको संयुक्त प्रहरी टोलीले उनीहरुलाई पक्राउ गरेको हो । तीनै जनालाई इलाका प्रहरी कार्यालय सुखडको हिरासतमा राखेर अनुसन्धान अगाडि बढाइएको डीएसपी सिंहले बताए ।
प्रतिक्रिया दनुहोस्