बैतडीको सुर्नया गाउँपालिकाको बजेट सर्वसम्मत पारित

बैतडी : बैतडीको सुर्नया गाउँपालिकाले आगामी आर्थिक बर्ष २०८२/८३ का लागि गाउँसभामा पेश गरेको बजेट सर्वसम्मत पारित भएको छ। यही असार १० गते सभामा पेश गरिएको उक्त बजेट आज बसेको गाउँसभाले सर्वसम्मत पारित गरेको गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत लोगराज जोशीले बताए।

सुर्नया गाउँपालिकाले आगामी आर्थिक बर्षका लागि ४५ करोड २२ लाख १० हजार ५७ रुपैयाँ बराबरको बजेट सभामा पेश गरेको र उक्त बजेट सर्वसम्मत पारित भएको प्रमुख प्रशासकीय अधिकृत जोशीले बताए। गाउँपालिकाले आगामी आर्थिक बर्षमा शिक्षा, स्वास्थ्य, कृषि र युवा रोजगारीलाई ध्यान राखेर बजेट ल्याएको गाउँपालिका अध्यक्ष अम्मरबहादुर कुँवरले बताए। गाउँपालिकाबासीका आधारभूत समस्याहरुलाई समाधान गर्ने हिसाबले बजेट ल्याइएको उनले बताए।

Seti Hospital

बजेट महिला, दलित, बालबालिका लगायतका लक्षित वर्गहरुलाई समेत प्राथमिकतामा राखेको उपाध्यक्ष मञ्जु बोहराले बताइन्। आगामी आर्थिक बर्षको बजेटमा लोकसेवा आयोगका कक्षा सञ्चालन गर्ने, युवासंग जनप्रतिनिधि कार्यक्रम सञ्चालन गर्ने, विधुर सम्मान कार्यक्रम सञ्चालन गर्ने लगायतका बिषयवस्तु समेटिएका प्रमुख प्रशासकीय अधिकृत जोशीले बताए।

गाउँपालिकाको आगामी आर्थिक बर्षको नीति तथा कार्यक्रम असार १० गते सभाबाट पारित भएको थियो। ‘कृषि पर्यटन र पूर्वाधार, सुर्नया विकासको मूल आधार’नारासहित बजेट निर्माण गरिएको प्रमुख प्रशासकीय अधिकृत जोशीले बताए।

युवाहरुलाई आन्तरिक रोजगारीमा जोड्नका लागि रोजगारदाता र रोजगारीको खोजीमा रहेकाहरुकाबीच समन्वय गरिने नीति गाउँपालिकाले लिएको छ। यस्तै शिक्षा क्षेत्रमा सुधार ल्याउनका लागि कक्षा ५ को परीक्षा पनि पालिकास्तरीय परीक्षाको रुपमा सञ्चालन गर्ने गाउँपालिकाको नीति रहेको छ। यसअघि सुर्नया कक्षा ८ को मात्रै पालिकास्तरीय परीक्षा सञ्चालन हुने गरेको थियो।

सुर्नयामा विद्यालय नर्स कार्यक्रम सञ्चालनका साथै स्वास्थ्य बीमा कार्यक्रमलाई समेत प्रभावकारी बनाउने हिसाबले बजेट ल्याइएको छ।

कल २४ न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । FacebookInstagram मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ । हाम्रो YouTube च्यानल पनि हेर्नु होला ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Pradesh
Ban karyalaya

समबन्धित समाचार