धनगढी-५ का १५ विपन्न परिवारलाई त्रिपाल वितरण

भक्तराज जोशी

धनगढी । धनगढी उपमहानगरपालिका वडा नम्बर ५ ले विपन्न परिवारलाई त्रिपाल वितरण गरेको छ । बर्खायाममा कच्ची घरमा बस्दै आएका १५ परिवारलाई वडा कार्यालयले त्रिपाल वितरण गरेको हो ।

यसै पनि आइतबार रातीदेखि परेको पानीका कारण अहिले धनगढी उपमहानगरपालिकाका अधिकांश ठाउँ डुबानमा परेका छन् । त्यसैमाथि कच्ची घरमा बसोबास गर्दै आएका परिवार डुबान र छानो चुहिने समस्याबाट प्रताडित बनेका छन् । सोही समस्यालाई ध्यानमा राख्दै छानो चुहिने समस्या झेल्दै आएका १५ परिवारलाई १६ वटा त्रिपाल वितरण गरिएको वडा कार्यालयले जनाएको छ ।

Seti Hospital

ती परिवारहरुलाई राहतस्वरुप त्रिपाल वितरण गरिएको वडा अध्यक्ष गजेन्द्र बहादुर शाही (गज्जु)ले बताएका छन् । अध्यक्ष शाहीका अनुसार घर भित्रै पानी पसेर मर्कामा परेका नागरिकलाई तत्काल राहत पुगोस् भन्ने उद्धेश्यले वडाको तर्फबाट त्रिपाल वितरण गरिएको हो ।

त्यस्तै अध्यक्ष शाहीले अन्य टोल, बस्ती वा छिमेकमा डुबान र वर्षाले मर्कामा परेका परिवार भए वडा कार्यालयमा सम्पर्क गर्न पनि अनुरोध गरेका छन् ।

उनले बर्खायाममा जोखिममा रहेको परिवारलाई प्राथमिकतामा राखेर राहत सामाग्री वितरण गरिने जनाएका छन् । उनले डुबानको समस्या झेलिरहेको धनगढीमा कसैलाई सहयोगको खाँचो परे वडा कार्यालयमा सम्पर्क गर्न पनि आग्रह गरेका छन् ।

कल २४ न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । FacebookInstagram मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ । हाम्रो YouTube च्यानल पनि हेर्नु होला ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Pradesh
Ban karyalaya

सम्बन्धित समाचार