धनगढी । नेकपा बहुमतको सहायक संगठन कम्युनिष्ट युवा संगठनले बैंकले लिलाम गरेको घर कब्जा गरेको छ ।
लतिलपुरको भैँसिपाटीमा रहेको तत्कालीन गोम अधिकारीको घर संगठनले कब्जा गरेको हो । उक्त घर एनआईसी एशिया बैंकले लिलाम गरेको थियो ।
सोही घरमा संगठनका केही कार्यकर्ता पुगेर ब्यानर टाँसेर कब्जा गरेका हुन् । उनीहरुले बैंकबाट लिएको ऋणको किस्ता तिर्दातिर्दै पनि एनआईसी एशिया बैंकले भूमाफियासँग मिलेर घर लिलाम गरेको भन्दै सो घरमा कब्जा गरेको जनाएको छ ।
संगठनले एनआईसी एशिया बैंकले धितो कब्जा गर्न अनधिकृत रुपमा दादागिरी गरिरहेको दाबी गर्दै यस्तो दादागिरी बन्द गर्न पनि चेतावनी दिएको छ ।
यस्तै बैंकले सेवाग्राहीलाई दिनहुँ मानसिक यातना दिने र भूमाफियासँग मिलेर ऋणीको सम्पत्ति हडप्ने गरेको पनि दाबी गरेको छ ।
प्रतिक्रिया दनुहोस्